Logo
२९ बैशाख २०८१, शनिबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै गृहनगरमा शिक्षामन्त्रीको पुत्ला दहन

education-minister1

महोत्तरी । महतोरी स्थित आफनै गृहनगरमा उक समुहले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको पुतला दहन गरेका छन । अस्थाई शिक्षक आन्दोलन समितिका अध्यक्ष राधेश्याम झा अस्थाई शिक्षकहरुले जिल्लाको बर्दिबासमै गएर शिक्षामन्त्री गिरीराजमणी पोखरेलको पुत्ला दहन गराएको बताएका छन ।

उनका अनुसार बर्दिबासको नवक्षितिज उच्च माविको प्राँगनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै विपी राजमार्गमा गएर पुत्ला दहन गरेका थिए ।

आठौं शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन नभएको भन्दै अस्थाई शिक्षकहरुले शिक्षामन्त्रीको गृह गाउँमै गएर उनका पुत्ला जलाएका छन् ।

अस्थाई शिक्षक आन्दोलन समिति महोत्तरीले सर्वोच्च अदालतको परमादेश लागु गर्नुपर्ने, अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्नुपर्ने, सम्पूर्ण अस्थाई शिक्षकहरुलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धामा सामेल गराई अनुतीर्ण भएकालाई स्थायी शिक्षकसरह स–सम्मान गोल्डेन स्याकको व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्