Logo
६ बैशाख २०८१, बिहीबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाद्वारा संसद्को बैठक बहिष्कारपछि बैठक आज पनि अवरुद्ध

BICC

काठमाडौँ । आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

त्यसको लगत्तै सभामुख घर्तीले मोर्चा सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए ।

मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट उनीलगायत मोर्चासँग आबद्ध सांसदहरु बाहिरिएका थिए ।

आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उनले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना गरे ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्