Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै देशको सार्वभौमिकतालाई अक्षुण राख्दै, नयाँ सम्बन्धका लागि प्रबुद्ध बैठक सुरु

Nepali India

काठमाडौं । नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक आज शुरु भएको छ ।

बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी रहेको बताइएको छ । वैठक मंगलबारसम्म चल्ने वैठकमा वैठकमा १९५० को सन्धिदेखि जलस्रोत, वाणिज्य, व्यापार, सुरक्षालगायत सबै विषयमा छलफल हुनेछ ।

भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ ।

नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा.भेषबहादुुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

नेपाल र भारतबीच ३१ जुलाई १९५० मा हस्ताक्षर भएको शान्ति तथा मैत्री सन्धि सधौ विवादमा रहँदै आएको छ । नेपालले सो सन्धिको सुरक्षासाग सम्बन्धित पक्षमा खतरा महसुस गर्दै आएको छ । यो वैठकको मूल एजेन्डा हुनेछ ।

बैठकमा दुवै देशको सार्वभौमिकतालाई अक्षुण राख्दै एक आपसमा नयाँ त्वरबाट कसरी मित्रवत सम्बन्ध बनाउन सकिन्छ त ? बैठक यी र यस्तै कुरामा केन्द्रित हुने कोसियारीले प्रतिकृया दिए ।

दुवै सरकारले बेग्लाबेग्लै समूह गठन गर्ने र संयुक्त रूपमा एउटै प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई बुझाउने म्यान्डेट रहेको उनले बताए । #फोटो सौजन्य बासु क्षितिज

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्