Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ दिनपछि बल्ल अनसनको मञ्चमा देखिए तमलोपाका नेताहरु

Ansanकाठमाडौं । अनसन सुरु भएदेखि नै अघोषित रुपमा बहिस्कार र वेवास्ता नै गर्दे आएका सदभावना र तमलोपा मध्ये तमलोपाका केहि प्रतिनिधिहरु २८ दिनपछि बल्ल अनसन मञ्चमा देखिएका छन ।

त्यसो त अनसनको सुरुवातकालामा सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णको समेत उपस्थिती थियो भने त्यसपछि उस्को तर्फबाट प्रतिनिधि मुलक सहभागिता रहदै आएको छ ।

यद्यपी सदभावनाका शिर्ष नेता राजेन्द्र महतो भने एक दिन पनि अनसनस्थल पुगेका छैनन तर तमलोपाका शिर्ष सहित अन्य नेताहरुको खासै सहभागिता हुने गरेका छैनन ।

यता, संघीय गठबन्धनले गर्दै आइरहेको रिले अनसनमा आज भने तराई मधेश लोकतान्त्रिक पार्टीका धेरै प्रतिनिधिहरु एक साथ देखिएका छन । गत जेठ २५ गतेदेखि शुरु भएको रिले अनसनमा तमलोपा अनुपस्थित हुँदै आएको थियो ।

बन्धनले गरेको सिंहदरवार, बालुवाटार घेराउमा मात्र सहभागि भएको तमलोपाले त्यसपछिको कुनै पनि कार्यक्रममा खासै सहभागिता देखिएको थिएन । सिंहदरवार र बालुवाटारमा पार्टीका अध्यक्ष महन्थ ठाकुर भने सहभागि थिएनन् ।

गठबन्धनको संयोजकमा उपेन्द्र यादव चयन भएपछि तमलोपा र सद्भावना पार्टीले असन्तुष्टि जनाउँदै रिले अनसनमा सहभागि भइरहेका थिएनन् ।

शुरु–शुरुमा सद्भावना पार्टीले आफ्ना नेता तथा कर्यकर्ता पठाइरहेको थियो, तर पछिल्लो समय सद्भावना पार्टीका पनि अनुपस्थिति हुन थालेको थियो ।

अनसनमा सहभागि तमलोपाका राकेश मिश्राले आफूहरु महाधिवेशनमा निकै ब्यस्त भएकाले त्यस्तो देखिन पुगेको बताए । उनले भने ‘त्यस्तो कुनै अधिकारिक योजना नै बनाएर हामि अनुउपस्थित भएको भन्ने होइन, त्यस्तो देखिन गएको मात्र हो ।

अनसनस्थलमा आज भने तमलोपाको तर्फबाट राकेश मिश्रा सहित सुरेश मंडल, चन्दा चौधरी, डा. सुरेन्द्रकुमार झा, रीता ठाकुर र अन्जु गुप्ता लगायतका प्रतिनिधिहरु देखिएका छन ।

Ansan News  (2)

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्