Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरोकारवालाद्वारा नौलो घुम्तीको अनुगमन

naulo-ghumti-photo

 

पोखरा । कास्कीका विभिन्न सरोकारवालाहरुले नौलो घुम्ती नेपालले सञ्चालन गरेको लागु औषध प्रयोगकर्ता उपचार, पुनस्र्थापना तथा परामर्श कार्यक्रमको आईतवार अनुगमन गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, महिला विकास अधिकृत लक्ष्मी जिसी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ् लगायतले उक्त कार्यक्रमको अनुगमन गरेका हुन् ।

सो क्रममा लागु औषध प्रयोगकर्ता उपार, पुनस्र्थापना, तथा परामर्श कार्यक्रमका संयोजक मना ज्ञवालीले कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएकी थिईन् ।
सो क्रममा उनले पुनस्र्थापना गृहको समस्याका बारेमा सहभागीलाइ अवगत गराएकी थिईन् ।

‘पहिलो दातृ निकायको सहयोगमा पुनस्र्थापना गृह सहज रुपमा चलाईयो तर अहिले भने आफ्नै आन्तरिक आम्दानीमा चलाउनुपरेको छ ।’ उनले भनिन् । पुस्र्थापना गृहको खच कटौती गर्न आँफैले बाख्रा तथा कुखुरा पालन गर्न थालेको जानकारी दिँदै उनले सेवाग्राहीको सँख्या दिनप्रतिदिन बढेका कारण गृहको क्षमता पनि बढाउनुपर्ने बताईन् ।

कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नौलो घुम्तीले लागु औषध प्रयोगकर्ताको लागि गरेको प्रयास उदाहरणीय भएको बताउँदै सरकारले पनि यसका लागि सक्दो प्रयास गरेको बताए ।

सरकारले पोखराको प्रस्र्याङ्मा पुनस्र्थापना गृह निर्माण गरिरहेको जानकारी दिँदै उनले सरकारको यस्तो प्रयासले पनि यो समस्या समाधानमा केही प्रगति हुने विश्वास व्यक्त गरे ।
स्थानीय विकास अधिकारी दामोदर भण्डारीले लागु औषध प्रयोगकर्ताको उद्दारमा नौलो घुम्तीले गरेको काम अरु संघसंस्थाले पनि सिक्नुपर्ने बताउँदै यो कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले नौलो घुम्तीको कार्यक्रमका प्रगतिप्रति पहिल्यैदेखि नै आफु प्रभावित भएको बताउँदै, लागु औषध प्रयोगकर्ता उपचार, पुनस्र्थापना तथा परामर्श केन्द्रको सफलताले नौलो घुम्तीलाई अझै सदृढ बनाउने बताए ।

नौलो घुम्तीका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नौलो घुम्तीका महासचिव खड्क रानाभाट, पुर्व लागू औषध प्रयोगकर्ता चन्द्रा सुनार तथा शिवदत्त पौडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्