Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमदानको ब्रतबाट निस्केका ७८ जनाको मृत्यु

F News

काठमाडौं । इराकको राजधानी बगदादमा आइतबार भएको कार बम आक्रमणमा कम्तिमा पनि ७८ जनाको ज्यान गएको छ । बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भएको यो भयानक आक्रमण युवा र परिवारका अन्य सदस्यहरु रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा भएको हो ।

एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो । सयौं मानिसहरु रमदानको बिदाको समयमा किनमेल गर्नका लागि इराकको कर्रादा स्थित ब्यस्त सपिकङ केन्द्रमा निस्केको बेला यो ठूलो आक्रमण भएको हो ।

यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएपनि आधिकारिकरुपमा पुष्टि हुन सकेको छैन । बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ ।

बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् । बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।

# कार बम आक्रमणमा ध्वस्त सपिङ सेन्टर । तस्बिर: स्काई न्यूज

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्