Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको अवस्थाः डेढ दशकदेखि झोलामै गाविस कार्यालय

VDC Newsमकवानपुर । विकट डाँडाखर्क गाविस कार्यालय डेढ दशकदेखि सचिवले झोलाबाट चलाइरहेका छन् । कुन ठाउँमा गाविस भवन निर्माण गर्ने भन्ने स्थानीयबीचको विवाद टुंगो नलाग्दा गाविस सचिव बर्सौंदेखि झोलाबाट कार्यालय सञ्चालन गर्न बाध्य भएका हुन् ।

डाँडाखर्क १ बरभन्ज्याङ र ९ नम्बर वडास्थित छ्याङ्दुङमा गाविस राखिनुपर्ने भन्दै जनता दुई धारमा विभाजित भएपछि गाविस निर्माणमा आएको रकमसमेत फ्रिज भएको गाविस सचिव वसन्त सिटौलाले बताए । तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा बरभन्ज्याङस्थित गाविस कार्यालयमा आगजनी गरेपछि गाविस भवनविहीन भएको थियो ।

शान्ति सम्झौतापछि २०६६ सालमा शान्ति मन्त्रालयको ४० लाख रुपैयाँ सहयोगमा बरभन्ज्याङमा भवन निर्माण थालिएको थियो । छ्याङ्दुङमा गाविस कार्यालय राख्न माग गर्दै आएका स्थानीयले भवन निर्माण सुरु भएको एक महिनापछि निर्माणमा अवरोध गर्दै बनेका संरचना भत्काएका थिए । उक्त घटनापछि ठेकेदारले असुरक्षाको कारण देखाउँदै निर्माण नगर्दा उल्टै क्षतिपूर्ति दिनुपरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर निर्मल प्याकुरेलले बताए । ‘त्यसपछि पनि हामीले स्रोत जुटाएर भवन निर्माण गर्ने प्रयास गर्‌यौं तर सफल हुन सकेका छैनौुं, उनले भने ।
छ्याङदुङ गाउँ गाविसको सबै वडाको केन्द्रमा पर्ने भएकाले बरभन्ज्याङमा गाविस कार्यालय निर्माण गर्न नदिएको स्थानीय विशेष थापाले बताए । ‘हामीले गाउँमै चारकोठे भवन निर्माण गरेका छौं । यहींबाट गाविस कार्यालय सञ्चालन गर्दा हुन्छु,उनले भने,‘तर गाविस सचिवले हिम्मत गर्न सक्नुभएकौ छैन ।

यता बरभन्ज्याङ वरिपरिका बासिन्दा आफ्नो गाउँबाट अन्यत्र गाविस कार्यालय जान दिने पक्षमा छैनन् । ‘बर्सौंदेखि यहींबाट सेवा लिँदा कसैलाई समस्या भएन । अहिले आएर भवन निर्माणमा अवरोध गर्नु विकासविरोधी कार्य होुं, बरभन्ज्याङका बलेन्द्र तामाङले भने, ‘ढिलोचाँडो अन्य वडाका जनताले पनि बरभन्ज्याङमै गाविस राख्ने कुरामा सहमति जनाउँछन् भन्ने हाम्रो विश्वास छ ।

दुई गाउँलेबीचको विवादका कारण काम गर्न समस्या भएको सचिव सिटौलाले गुनासो गरे । ‘गाविसको विकासबारे छलफल गर्न एउटा गाउँमा बैठक बोलायो भने अर्को गाउँका मान्छे आउँदैनन्, उनले भने, ‘दुवै गाउँमा आधाआधा समय दिएर काम गर्ने गरेको छु ।

कार्यालय भवन नहुँदा गाविसका महत्वपूर्ण कागजात जोगाउन समेत समस्या भएको उनले बताए । तामाङ जातिको बाहुल्य रहेको उक्त गाविस सदरमुकाम हेटौंडाबाट करिब एक सय किमि दूरीमा पर्छ भने धादिङ जिल्लाको दक्षिणी गाविस किरान्चोकसँग जोडिएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्