Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पोखरेल भन्छन् – ‘२३ हजार शिक्षकको दरबन्दी खुलाउने तयारी हुदैछ’

Giriraj-mani-pokharel

महोतरी  । भरखरै राष्ट्रपतिले प्रमाणिकरण गरेको शिक्षा विद्येयक कर्यान्वयको लागि दलहरु एक भएर अघि बढ्नुपर्ने शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् । शिक्षा विधेयक प्रमाणीकरणको अवसरमा महोत्तरीको बर्दिबासमा आयोजित अन्तरक्रियात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा नयाँ क्रान्तिको नेतृत्व विद्यालयका शिक्षकहरुले गर्नु पर्नेमा जोड दिए ।

‘समृद्ध राष्ट्र निर्माणका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्ययकता छ,’ शिक्षा मन्त्री पोखरेलले भने,‘शिक्षकले विद्यालयलाई जागिर पकाउने स्थलको रुपमा लिनु हुदैंन । समाज परिवर्तन गर्ने थलोको विद्यालयलाई शिक्षकहरुले विकास गर्नु जरुरी छ । ’ ‘शैक्षिक प्रशासन विद्यालयको मेरुदण्ड हो,’ मन्त्री पोखरेलले भने, ‘ उच्च शिक्षा पढ्न चाहनेलाई प्रमाण पत्र धितो राखि शैक्षिक ऋण दिने व्यवस्था शिक्षा विधेयकमा उल्लेख छ ।’ व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयमा शौचालय, सुरक्षा, पुस्तकालय जस्ता पूर्वधारहरु निर्माण अघि बढ्नु पर्नेमा जोड दिए ।

दुई तिहाई अभिभावकहरुको सहमति विना निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने व्यस्था नयाँ विद्येयकमा रहेको बताउँदै महोत्तरी क्षेत्र नम्बर १ का सांसद समेत रहेएका मन्त्री पोखरेलले कम्पनी ऐन अन्र्तगत स्थापित विद्यालयहरुलाई गुठीमा आउन सर्वजनीक अपिल गरे । मावि र उच्च माविमा हाल २३ हजार शिक्षकको आवश्यकता रहेको बताउँदै अर्थ मन्त्रालयसंग बजेट माग गरेर दरबन्दी खुलाउन आफु लागि परेको समेत मन्त्री पोखरेलले दावी गरे ।

जिक्किर गर्दै मन्त्री पोखरेलले भने, ‘४० हजार राहत र १५ हजार अस्थाई कार्यरत रहेको शिक्षकलाई खुल्ला प्रतिस्पर्धाबाट स्थायी हुने ऐनले बाटो खुल्ला गरेको छ ।’ ‘राहत शिक्षकहरुलाई ७ बर्ष भित्र दरबन्दी मिलान गर्दै र ५० बर्ष पुगेका शिक्षकहरुलाई स्वेच्छिक अवकासको व्यवस्था गर्न लागि परेको छु ,’ उनले भने, ‘३४ हजार बालविकासमा कार्यरत शिक्षिकाहरुलाई अन्तराष्टिय श्रमको कानुन अनुसार ३ हजारबाट वृद्धि गरि ६ हजार पु¥याउने सरकारले नीति लिएको छ ।’ शिक्षा सम्बन्धी अपवाहलाई भरखरै प्रमाणित शिक्षा विद्येयकले चिरेको मन्त्री पोखरेलले दावी गरे ।

कार्यक्रममा क्षेत्रियशिक्षा निर्देशनालय मध्यमाञ्चलका निर्देशक दिनेश श्रेष्ठ, महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरिक्षक जनक भट्टराई लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा, सिन्धुली, रौत्तहट,बाराका जिल्ला शिक्षा अधिकारी सहित शिक्षकहरुको सहभागिता रहेको थियो ।  # पत्रकार राजकरण महतोको सहयोगमा

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्