Logo
१५ चैत्र २०८०, बिहीबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानपावर व्यवसायीको आरोपलाई दूतावासद्धारा खण्डन

काठमाण्डौ । नेपाल वैदेशिक रोजगार व्यवसायी स11 Press Newsघले लगाएको गभ्भिर आरोपलाई नेपाली दुतावास मलेसियाले खण्डन गरेको छ । दुतावासले प्रेश बिज्ञप्ती जारी गरि नेपाल वैदेशिक रोजगार व्यवसायी सघको आरोपलाई खण्डन गरेको हो ।

संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भीएलएन, बायोमेट्रिक, माइग्राम, आइसीएसजस्ता संस्थासँग राजदूत निरन्जन मानसिं बस्न्यातले साँठगाँठ गरेको आरोप लगाएको थियो । उस्ले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाएको थियो ।

‘राजदूतको नाम जोडेर लगाईएको आक्षेप दुराशयपूर्ण, कपोलकल्पित र आधारहिन छन’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा मलेसियाका मानव संशाधन मन्त्रीसँगको वार्तामा कुनैपनि दुई देशबीच हुने द्विपक्षिय वार्ता तथा वैठकहरुमा निजी क्षेत्रलाई सामेल गराउने अन्तराष्ट्रिय प्रचलन नरहेको र मलेसियाको सरकारी पक्ष नै सहमत नभएकाले सामेल नगराएको उल्लेख गरिएको छ ।

यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको संघको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको संघले आरोप लगाएको छ ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्