Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्धारा ६ जना आतङ्कारी मारिएको पुष्टि, अप्रेशन समाप्त !

Bglades Newsकाठमाडौं । बंगलादेशका प्रधानमनत्री शेख हसिनाले राधानीको ढाकामा जारी सुरक्षा अप्रेशन समाप्त भएको घोषणा गर्दे ६ जना आकंकारी मारिएको पुष्टि गरेकी छन ।

उनले एक जना हम्लावरलाई गिरफतार पनि गरिएको बताइन । सुरक्षा अप्रेशन समापत भएपछि देशवासकिो नाममा संम्बोधन गर्दे प्रधानमन्त्री शेख हसिनाले आफना सुरक्षकर्मीको तारिफ पनि गरेकी छन ।

उनले मिडिाले पलपलको रिर्पोटिङ्ग गरेकोमा गुनासो पनि पोखेकी छन । मिडियाले मिनट टु मिनट रिर्पोटिङ्ग गर्दा जनता आतंकित बनेको र आतंककारीलाई समेत प्रचार गर्न सजिलो भएको बताइन ।

राजधानी ढाकामा आतङ्कारी हमला भएको छ । आइएआइएस ले त्यहाँको एक क्याफेमा हमला गरी शुक्रवार राती देखि नै मानिसहरुलाई बन्धक बनाएका थिए ।

जस मध्ये बन्धक बनाइएका सबै जनालाई सकुसल उद्धार गरिएको छ । अहिलेसम्म ६ जना आतङ्कारी मारिएको बगलादेशी सुरक्षकर्मी एजेन्सीले पुष्टि गरेको छ ।

३६ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेशी न्यूज एजेन्सी बङ्गाल न्यूज पोलका अनुसार ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा आतंकवादीहरुले हिजो बेलाका नै लगभग २० विदेशीलाई बन्धक बनाइएका थिए । भने उक्त फोटो आइएसआएसले आफनो टवीटर एकाउण्टमा पोष्ट गर्दे घटनाको जिम्मेवारी लिएको थियो ।

इटलीका सञ्चार माध्यमले ढाकास्थित इटालियन राजदूतावसलाई उदृत गर्दै जनाए अनुसार बन्धकमध्ये सात इटलीका नागरिक रहेका बताइएको छ । अन्य सञ्चारमाध्यमहरुका रिपोर्ट अनुसार बन्धकमा पाँच जापानी नागरिक पनि भएको बताइएको छ ।

विशेष प्रहरी बल रेपिड एक्सन बटालियनका प्रमुख बेनजीर अहमनले भित्र फसेकालाई सकुशल उद्धार गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका थिए ।

केहि संचारमाध्यमका अनुसर केहि भारतिय पनि रहेका छन । एक जना सरकारी प्रवक्ताका अनुसार गोलाबारीमा ४ प्रहरीको मृत्यु भएको छ भने अन्य ३६जना भाइते छन् ।

इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । उसले विदेशी नागरिक आउने रेस्टुरेन्टमा निशाना बनाएको उल्लेख गरेको छ । हमलाको निशाना बनाइएको क्याफे विदेशी माझ चर्चित थियो भने उक्त एरियालाई डिप्लोम्याट एरिया पनि भनिन्छ ।

dhaka-DT-660

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्