Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

Sadakम्याग्दी । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो खसेको ठूलाठूला दुई वटा ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिएको दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले जानकारी दिए ।

यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा पनि पहिरो खसेको छ । पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन् । आज बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको प्रसनी छन्त्यालले बताए ।रासस

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्