Logo
२३ आश्विन २०८१, बुधबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढाकामा हमलाः ६ जना आतङ्कारी मारिए, भारतिय, इटली र जपानी नागरिक बन्धक

Bgladeshकाठमाडौं । बंगलादेशको राजधानी ढाकामा आतङ्कारी हमला भएको छ । आइएआइएस ले त्यहाँको एक क्याफेमा हमला गरी शुक्रवार राती देखि नै मानिसहरुलाई बन्धक बनाएका छन् जस मध्ये बन्धक बनाइएका १३ जनालाई सकुसल उद्धार गरिएको छ । अहिलेसम्म ६ जना आतङ्कारी मारिएको बगलादेशी सुरक्षकर्मी एजेन्सीले पुष्टि गरेको छ ।

३६ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेशी न्यूज एजेन्सी बङ्गाल न्यूज पोलका अनुसार ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा आतंकवादीहरुले हिजो बेलाका नै लगभग २० विदेशीलाई बन्धक बनाइएको हो । भने उक्त फोटो आइएसआएसले आफनो टवीटर एकाउण्टमा पोष्ट गर्दे घटनाको जिम्मेवारी लिएको थियो ।

इटलीका सञ्चार माध्यमले ढाकास्थित इटालियन राजदूतावसलाई उदृत गर्दै जनाए अनुसार बन्धकमध्ये सात इटलीका नागरिक रहेका बताइएको छ । अन्य सञ्चारमाध्यमहरुका रिपोर्ट अनुसार बन्धकमा पाँच जापानी नागरिक पनि भएको बताइएको छ ।

विशेष प्रहरी बल रेपिड एक्सन बटालियनका प्रमुख बेनजीर अहमनले भित्र फसेकालाई सकुशल उद्धार गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

केहि संचारमाध्यमका अनुसर केहि भारतिय पनि रहेका छन । एक जना सरकारी प्रवक्ताका अनुसार गोलाबारीमा ४ प्रहरीको मृत्यु भएको छ भने अन्य ३६जना भाइते छन् ।

इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । उसले विदेशी नागरिक आउने रेस्टुरेन्टमा निशाना बनाएको उल्लेख गरेको छ । हमलाको निशाना बनाइएको क्याफे विदेशी माझ चर्चित थियो भने उक्त एरियालाई डिप्लोम्याट एरिया पनि भनिन्छ ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्