Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन सक्ने संकेत

Pranab-Mukherjee

काठमाडौं । भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ ।

भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ ।

नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ ।

विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताए ।

‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारे प्रस्ताव प्राप्त भएमा त्यसलाई निश्चित रूपमा नै उचित ढंगले विचार गरिनेछ,’ स्वरूपले भने ।

तर, भ्रमणबारे भइरहेका पहलबारे भने उनले विस्तृत जानकारी दिएनन् । नेपालले यसअघि नै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ । तर, भारतले त्यसको ठोस जवाफ दिएको छैन ।

सन् १९९७ यता कुनै पनि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jul 2, 2016

प्रतिक्रिया दिनुहोस्