Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग जोडिएको दार्चुलामा बाढी, पहिरोमा परी ३ जनाको मृत्यु

Pahiro News

दार्चुला । भारतको उत्तराखण्डमा आएको बाढिको असर नेपालमा पनि परेको छ । अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ ।

स्थानिय प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का २५ वर्षिय वशन्ती धामी, सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त र अपी नगरपालिका १७ की ६१ वर्षीय भागरथी महरा रहेका छन् ।

उता भारतबाट आयात गरीएको विद्युत लाइन पोल बगाइ तथा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको जिल्ला दैविक प्रकोप उद्धार समिति दार्चुलाले जनाएको छ ।

जिल्ला भरीका एक दर्जन गाविसमा सयौ घर उच्च जोखीममा रहेको ठहर समितिले जनाएको छ । प्रभावित सवै स्थानतर्फ प्रहरी परिचालन गरिएको छ भने उद्धारका लागी सेना तथा सशस्त्र प्रहरी समेत खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए ।

प्रभावित बस्तीहरुमा सयौ चौपाया बाढी तथा पहिरोमा फसेका छन । गए राती परेको अविरल वर्षाका कारण घर माथि बाट आएको बाढी र पहिरोमा पुरीएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थल तथा जिल्लाभरी प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले बताए ।  अपी नगरपालीका वडा १७ काकडामा पहिरो पश्चात स्थानीय खोलामा आएको बाढीले मुल सडकको पुल समेत बगाएको छ ।

स्थानीय प्रेम सिंह महरा र उनकी १८ वर्षीय नातिनी दुर्गा महरा घाइते भएक छन । यसैगरी पहिरोकै कारण भारतसंग सिमानाका जोडीएको जौलजिवी प्रहरी चौकी भवनमा क्षति भई पहिरोको उच्च जोखीममा रहेकाले विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी माथि बाट पहिरो आउन सुरु भए पछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा वन्दोवस्तीका समान सुरक्षीत स्थानमा सारीएको छ, डिएसपी राठौरले भने, ‘जौलजीबकिो पुरै बस्ती चारै तिरबाट पहिरोमा थुनिएको छ।’

पहिरोकै कारण महाकाली लोकमार्गको एक दर्जन स्थानमा पहिरो जादा पुर्णरुपमा अवरुद्ध रहेको छ । बाढीले महरको त्यस्तै जिल्लाका डाडाकोट, सर्मोली खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वर, ग्वानी, शंकरपुर, भगवती, दत्तु, र रानीशिखर लगायत गाविसका विभिन्न ठाउमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्