Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार एशोसिएसनले गठबन्धन र सरकारबीचको वार्ताको मध्यस्थता गर्ने

Gathbandhan  (1)काठमाडौं । नेपाल सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच वार्ता गराउनका लागि नेपाल बार एशोसिएसनले मध्यस्थता गर्ने दावी गरेको छ ।
मध्यस्थता गर्नका लागि केही दिन पहिले गठन भएको एउटा टोलीले शुक्रवार संघीय गठबन्धनसँग छलफल गरेको हो । अधिवक्ता शम्भु थापाको संयोजकत्वमा बनेको सो टोलीसँग बारकै सभाकक्षामा छलफल भएको हो ।

छलफलमा टोलीले गठबन्धनको माग र एजेण्डा लगायतका विषयमा जानकारी लिएको थियो । गठबन्धनले पनि आन्दोलन किन शुरु भयो, के–के माग रहेको छ सबै विषयमा विस्तृत जनाकारी गराएको राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता केशव झाले जानकारी गराए ।

अधिवक्ता थापाले आन्दोलनरत पक्षको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहेसम्म सविधान कार्यान्वयन नहुने धारणा राखेको नेता झाले बताए ।

छलफलमा गठबंधनको तर्फबाट उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, केशव झा, डा.ओम गुरुङ, मिनराज थारूलगायतका थिए । भने टोलीको तर्फबाट बारका अध्यक्ष शेर बहादुर केसी, शम्भु थापा, महादेव प्रसाद यादव, कमलनारायण दास, बिष्णुप्रसाद भट्टराई ,उपेन्द्रकेशरी न्यौपाने, सविता भण्डारी, रमणकुमार श्रेष्ठ, लगायत थिए ।

Gathbandhan  (2)

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्