Logo
१२ बैशाख २०८१, बुधबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम नेपालका नेता डा. मंगलसिद्धी मानन्धरको निधन

Dr Manandharकाठमाडौं, कस । संघीय समाजवादी फोरम नेपालको सल्लाहकार समिति सभापति एवं पूर्व शिक्षा मन्त्री डा. मंगलसिद्धी मानन्धरको शुक्रबार निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत ७५ वर्षीय स्व. मानन्धरको बिहान १० बजेर ४५ मिनेटमा निधन भएको परिवारजनले जनाएको छ ।

उनको अन्तिम संस्कार शनिबार पशुपति आर्यघाट गरिने बनाइएको छ । नेपाल प्राध्यापक संघले शनिबार बिहान ७ बजेदेखि साढे आठ बजेसम्म त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा श्रद्धाञ्जली सभा आयोजना गर्नेछ ।

अन्तिम श्रद्धाञ्जली सभा फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा आयोजना गरिने वा रिले अनसन भइरहेको खुला मञ्चमा गर्ने बारे तय भइसकेको छैन । 

पिशाब थैलीमा क्यान्सर भएकोले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पताल भर्ना गरिएको थियो । त्यसपछि नर्भिक अस्पताल उनको उपचार भइरहेको थियो ।

काठमाडौंको बसन्तपुर स्थायी घर भएका स्व. मानन्धर विद्वान, शिक्षाविद् र राजनीतिज्ञका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए । मधेश आन्दोलन ताका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीमा रहेका डा. मानन्धर सरकारसँगको वार्तामा पनि निकै सक्रिय भूमिका निर्वाह गरेका थिए ।

संघीय समाजवादी फोरम नेपालले स्व. मानन्धरको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन गहिरो दुःख एवं सम्बेदना व्यक्त गरेको छ ।

Foram

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्