Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिश्चियनको मिसन बन्यो विद्यालय, अब एनजीओहरुको विल्लीबाँढ हुने पक्का

Krishchansकाठमाडौं । क्रिश्चियनहरुका कारण नेपालमा संचालित गैरसरकारी संस्थाहरु बद्नाम भएका छन् । वितेको दशकमा क्रिश्चियनहरुले एनजीओ मार्फत नेपाली समाजमा व्यापक घुसपैठ गरेको त घाम जत्तिकै छर्लङ्ग थियो । गाउँ गाउँमा पुगेर मन्दिर र गुम्बा भत्काएर चर्च खडा गर्दै आएका क्रिश्चियनहरुका लागि गत सालको भूकम्प झन् ठूलो मौका बनेर आइदियो ।

भूकम्पपछि उद्धार र पुनस्थापनाको नाममा गाउँ छिरेका क्रिश्चियनहरुले तल्लो तहको नेपाली यसरी प्रभावित बनेको छ कि बुढापाकाहरु धर्म जोगाउनका लागि गाउँ छाडेर भाग्नुपर्ने अवस्था आइसकेको छ । यो तथ्यप्रति आँखा चिम्लिदै आएका कथिन लोकतन्त्रवादी सरकारहरुलाई अख्तियारले झक्झक्याएपछि भने क्रिश्चियन एनजीओहरुमाथि सरकारले निगरानी गर्ने संभावना बढेको छ ।

गत बुधबार स्थानीय विकास मन्त्रालयले स्थानीय विकास अधिकारीहरुलाई पत्र पठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमाथि निगरानी गर्न र उनीहरुले गर्दै आएका गलत तथा कार्यादेश भन्दा बाहिरका कामका लागि कारबाही गर्न कडा निर्देशन दिएको छ । सरकारले एनजीओहरुलाई कारबाही गर्न निर्देशन दिएको नेपालमा यो पहिलो पटक हो । एनजीओहरुका गतिविधिप्रति नेपालका दुवै ठूला छिमेकी चीन र भारतले निकै पहिल्यैदेखि चासो व्यक्त गर्दै आएका हुन् ।

तर नेपालको सरकारमा पुग्नेहरु सबै एनजीओकै कार्यकर्ता वा पाल्तु हुने भएकाले केही पनि सम्बोधन हुन सकेको थिएन । तर यस पटक अख्त्यिार दुरुपयोग अनुसन्धन आयोगले एनजीओका गतिविधि नियन्त्रण गर्न र बदनियतपूर्ण काम गरेका एनजीओलाई कारबाही गर्न निर्देशन दिएपछि स्थानीय विकास मन्त्रालयलाई तातो लागेको हो । त्यसमाथि स्थानीय विकास मन्त्रालय कमल थापाको हातमा रहकाले मात्रै यत्तिको विज्ञप्ति जारी हुन सकेको हो ।

एनजीओहरुले धर्म प्रचार मात्रै गरेका छैनन् कतिपय एनजीओहरु त अधिकारका नाममा राजनीति नै गर्दै आएकोमा पनि शंका छैन । यद्यपी यस पटक पनि सबैखाले एनजीओका गतिविधिको निगरानी हुने र कारबाही हुनेमा शंकै छ खबर नेपालीपत्रमा छ । किनभने यो देशमा सबैभन्दा बढी एनजीओ कार्यकर्ता एमालेकै रहेका छन् । धर्म प्रचारमा लागेका मिस्नरी एनजीओमाथि कारबाही भएपनि अहिलेको लागि ठूलो काम मान्नुपर्ने अवस्था रहेको छ ।

क्रिश्चियन मिसन विद्यालय केन्द्रित
नेपाललाई इशाइकरण गर्ने अभियानमा लागेका क्रिश्चियनहरुले पछिल्लो समय विद्यालय केन्द्रिय अभियान तिब्र बनाएका छन् । गत महिना दोलाखाका दुई विद्यालयमा संचालकहरु समातिए पछि झस्किएको प्रशासनले विद्यालय क्षेत्रमा निगरानी बढाउँदा क्रिश्चियनहरु विद्यालयमा नराम्रोसँग छिरिसकेको पत्ता लागेको हो ।

भूकम्प प्रभावित जिल्लाका अधिकांश विद्यालयहरुमा क्रिश्चियन पसेको पाइएको बुझिएको छ । त्यस्तै काठमाडौं उपत्यकाका काठ क्षेत्रका विद्यालयहरु चितवनका कतिपय ठूला विद्यालयहरुमा समेत क्रिश्चियनहरु पसेका छन् । मध्य पश्चिमका रोप्पा, रुकुम जस्ता मगर बस्तीका विद्यालयहरुमा समेत क्रिश्चियनको अभियान तिब्र रहेको पाइएको निगरानीमा संलग्न अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्