Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Girphtarकाठमाडौं । पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौ कलंकी बस्ने मोहमद इमराम मिया र नवलपरासी प्रगती गाविस–४ का बिश्राम शर्मा पक्राउ परेका हुन ।

पोर्चुगल पठाई दिने भनी नगद ३६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । मिया र शर्माले पोखरा उपमहानगरपालिका–२८ का अमृत तामाङ र सोही ठाउँका सुरेश तामाङलाई पोर्चुगल पठाई राम्रो काममा लगाई दिने प्रलोभनमा पारेर पटक पटक गरी उक्त रकम लिएका थिए ।

उनीहरुले भिजिट भिषामा दुवै जनालाई दुबई हुँदै जर्जियासम्म पुर्याएर अलपत्र पारेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्