Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय भवन भत्किँदा गोदावरी बाडेगाउँमा दुई विद्यार्थीको मृत्यु

school2ललितपुर । उपत्यका अन्तरगतको ललितपुर जिल्ला स्थित गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किँदा दुइ विद्यार्थीको मृत्यु भएको छ ।

दुइ विद्यार्थीलाई उपचार गर्न लैजाने क्रममा निधन भएको बताइएको छ । सरकारी प्रसासन अधिकारीका अनुसार विद्यालयको पछाडी लगाइएको पर्खाल भत्केर कक्षाकोठामा ठोक्किदा स्कुल भवन भत्किएको थियो ।

घटनामा भवनले च्यापेर १७ विद्यार्थी घाइते भएको प्रमुख जिल्ला अधिकारी ऋषीराम शर्माले बताए । उनले भने, अन्य विद्यार्थीलाई उद्दार गरेर उपचारमा पठाइएकोछ।’

पर्खाल भत्किँदा कक्षा ३ र कक्षा र ८ का विद्यार्थी च्यापिएका थिए। घाइते विद्यार्थीको वि एण्ड वि र मोडल अस्पतालमा उपचार भइरहेको छ। अन्य बिस्तृप्त समाचार भने आउको छैन ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्