Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ मुग्लिन सडकमा पहिरोका कारण अवरुद्ध, बाटो खुल्ने सम्भावना कम

Muglin NVM News

चितवन । शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ ।

नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो वैकल्पिकमार्ग अपनाउनयात्रु तथा गाडी धनीलाई अपिलसमेत गरेको छ ।

सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो सडकमा आज कम्तिमा ३० ठाउँमा पहिरो खसेको छ। चार ठाउँमा खसेको पहिरो निकै ठूलो छ ।

चार किलो, पाँचकिलो, जलबिरे र भालु ढुंगामा खसेको पहिरो निकै ठूलो भएको इन्जिनियर खनालले बताए। जल तथा मौसम विज्ञान विभागले वर्षा निरन्तर रहने बताएको र वर्षा नरोकिए आज बाटो खुल्न नसक्ने इन्जिनियर खनालले जानकारी दिए।

यो सडक पूर्व र पश्चिम नेपाललाई राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरासँग जोड्ने मुख्य मार्ग हो। दिनहु १० हजारका हाराहारीमा गाडी ओहोर दोहोर गर्ने यो सडक खण्डलाई दुई लेनको बनाउने काम सुरु भएको छ ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्