Logo
२४ असार २०८२, मंगलबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले घर पुरिँदा दुईको मृत्यु, एक बेपत्ता

imagesदार्चुला । अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर दार्चुलामा दुईजनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

गएराति देखिको परेको अबिरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा शुक्रबार बिहान मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी र सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

उनका अनुसार अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी छिन्। पहिरोले घर बगाएपछि उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ लागेको राठौरले जानकारी दिए ।  गएरातिदेखि परेको अबिरल वर्षाका कारण  दार्चुलाको जनजीवन प्रभावित भएको छ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्