Logo
४ बैशाख २०८१, मंगलबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका पत्रकार विष्णु रिजाल, प्रचार विभाग सचिवमा चयन

Bishnu-Rijalकाठमाडौं । एमालेका पत्रकार बिष्णु रिजाल नेकपा (एमाले) को प्रचार विभाग सचिवमा चयान भएका छन ।

प्रमुख, उपप्रमुखसहित २५ जना रहेको प्रचार विभागमा सर्वसहमतिमा सविच छनोट हुन नसकेपछि निर्वाचन नै भएको थियो ।

निर्वाचनमा सचिव पदका लागि प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वमहासचिव रिजालबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन प्रक्रियामा प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाले भाग लिएनन् । २३ जनाले मात्र निर्वाचन प्रक्रियामा भाग लिएका थिए ।

रिजाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनका प्रेस सल्लाहकार थिए ।

उनी लामो समयदेखि प्रचार विभाग सदस्यका रुपमा काम गर्दै आएका छन ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्