Logo
११ बैशाख २०८१, मंगलबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरियो फेसबुकले लाइक बटन आइकन

facebook_like

एजेन्सी । नेपालीहरु सहित सिगो बिश्वमै निकै लोकप्रिय बनेको समाजिक संजाल फेसबुकले आफ्नो सानो निलो रंगको लाइक बटनलाई रिडिजाइन गरेको छ । उक्त बटनबाट फेसबुकले फेसबुकको लोगो हटाउने भएको छ ।

फेसबुकका अनुसार प्रयोगकर्ताहरु लाइक बटनको एफ वा लोगोमा भन्दा लाइकको थम्स अप वाला सिम्बोलमा बढि क्लिन गर्ने गरेको अध्ययनले देखाएको छ ।

फेसबुकले आफ्नो ब्लग पोष्टमा लेखेको छस् हाम्रो अनुमान थियो की मानिसहरु लाइक बटनमा थम्स अपको आइकनलाई राम्रोसँग बुझ्नेछन् ।

त्यसका लागि हामीहरुले परीक्षण गर्यौँ । परीक्षणको नतिजा अनुसार थम्सअप वाला बटनले प्रयोगकर्ताको फेसबुकमा इनगेजमेन्ट बढेको पाइयो । त्यसैले हामीले लाइक बटनबाट एफ लोगो हटाएर थम्स अपको आइकन हाल्दैछौँ ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्