Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ तल्ले होइन अब ११ तले धरहरा बनाइने, हुलाकको जग्गा थपियो

D News

काठमाडौं । कयौं गित संगितमा समेत सुनिएको शब्द काठमाण्डौको नौ तल्ले धारारा अब भने छैन तर फेरी अब ९ तल्ले होइन की बरु ११ तल्ले धरारा बनाइने भएको छ ।

भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माण गर्दा वरपरका सरकारी जग्गालाई पनि खाली गरेर उपयोगविहीन पार्कभित्रै समेटिने भएको छ । भीमसेन थापा निर्माण गर्दा धरहरा ११ तला नै थियो ।

विसं.१९९० को महाभूकम्पमा २ तला भत्किएर ९ तलामा सीमित भएको थियो । जुद्ध सम्शेरले ९० सालको भूकम्पमा भाँचिएको बेला नौ तलामै सीमित राखेर पुनर्निर्माण गराएका थिए ।

धरहरासँगै रहेका अन्य सरकारी निकायका जग्गालाई समेटेर धराहरा वरपर फराकिलो खुला स्थानसहित पुनर्निर्माण गर्न पर्यटन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

धरहरासँगै रहेका टक्सार विभाग र गोश्वारा हुलाकको करिब १०र१० रोपनी जग्गालाई समेट्न पहल भइरहेको पुरातत्व विभागले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि कर्मचारी सञ्चयकोषको खाली जग्गासहित टक्सार र हुलाकको जग्गा धरहरा पुनिर्माणका प्रयोग गर्न सहमत भएपछि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको हो । यसका लागि सम्बन्धित मन्त्रालयहरुले पर्यटन मन्त्रालयलाई स्वीकृति दिनुपर्छ ।

यी जग्गा पार्किङ स्थल, स्मृति पार्क, संग्रहालय लगायतका संरचना निर्माण गर्न प्रयोग हुनेछ । सरकारले अब ९ तले नभएर ११ तले बनाउने तयारी गरेको छ । गत वर्षको भूकम्पमा परी क्षतिग्रस्त हुँदा ९ तले रहेको धरहरा अब ११ तले बनाउन लागिएको छ ।

अब धरहरा निर्माण गर्दा वरपर पार्किङसहितको सुविधा दिने तयारी छ । नयाँ प्रस्तावअनुसार निर्णय भएमा धरहरा वि.सं। १८६२ मा भीमसेन थापाले बनाएकै स्वरुपमा फर्कनेछ ।

यसअनुसार भत्किनुअघि २ सय ३ फिट अग्लो धरहरा अब २ सय ४५ फिट अग्लो बन्नेछ । अब सातौं तलाको बार्दली ९ औं तलामा राखिनेछ ।

वरपरको खुला क्षेत्रलाई पार्कका रुपमा विकास गरिनेछ । त्यहाँ वाटर फाउन्टेनसहित धरहरा वरपर हरियाली पार्क विकास गरिनेछ । पुनर्निर्माण हुने धरहराको नयाँ उचाइसहितको ड्रोइङरडिजाइन निर्माणको अन्तिम चरणमा छ ।

अब पुनर्निर्माण हुने धरहरा भूकम्प प्रतिरोधी बन्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन् । यसको उचाइबाहेक बाहिरी स्वरुपमा कुनै परिवर्तन गर्ने तयारी छैन ।

पुरातात्विक महत्वलाई नबिग्रिने गरी आधुनिक र आवश्यक सुविधा पनि थप गर्ने योजना छ । अब धरहरामा लिफ्ट पनि प्रयोग गर्न प्रस्ताव गरिएको छ । पहिलेकै स्वरुपमा भर्‍याङसमेत राख्ने तयारी छ ।

अब धरहरा हेर्न र चढ्न जानेलाई पार्किङको पनि समस्या हुने छैन । धरहरा मुनि ३ तलाको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न प्रस्ताव गरिएको छ ।  धरहराभित्र स्मृति पार्कसहित एक संग्राहलय पनि राख्ने तयारी गरिएको पुरातत्व विभागले जनाएको छ । #फाइल फोटो

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्