Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सहमतिमै शारीरिक सम्बन्ध राखेँ’ तर स्कुले छात्रासँग जबरजस्ती बलात्कार गरेको आरोप

Jawarjasti

नुवाकोट  ।    स्कुले छात्रालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बिहीबार नुवाकोट प्रहरीले  तुच्चे गाविसकी दलित छात्रामाथि जबरजस्ती बलात्कार गरेको आरोपमा ज्ञानु थापालाई पक्राउ गरेको हो ।

तुप्चे गाविस ५ की १५ वर्षीया छात्रालाई मंगलबार राती बलात्कार गरेको अभियोगमा प्रहरीले विद्यालयमा मजदुरी गर्दै आएका सल्यानको चुलिजुलिङ गाविस ७ का २१ वर्षीय थापा पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ऋषिराम कर्णेलले जानकारी दिए ।

आठ कक्षा पढ्ने किशोरीमाथि बलात्कार गर्ने युवकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । अरोपित युवक दुई महिनादेखि गाउँको विद्यालय निर्माणमा मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपित थापाले प्रहरी सँगको बयानमा मंगलबार राती घर नजिकै बोलाएर सहमतिमा किशोरीसँग शारीरिक सम्बन्ध राखेको बताएका छन् ।

स्थानीयका अनुसार मंगलबार साँझ सातबजे हराएकी किशोरी मध्यरातमा मात्र घर पुगेकी थिइन् । थापाले प्रहरीसँग किशोरीसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

घटनाको दुई दिनपछि  बिहीबार विदुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका  स्थानीयवासीले युवक थापाले बलात्कार गरेको दाबी गर्दै हदैसम्मको कारबाही गरिनु पर्ने माग राख्दै उजुरी दिएका छन् ।

प्रहरीले युवकलाई जबरजस्ती करणी महल ५ अन्तरगतको उद्योगमा मुद्धा दर्ता गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ  ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्