Logo
१२ बैशाख २०८१, बुधबार
(July 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३६ जना नक्कली डक्टरले सर्वसाधारणसँग १६ करोड ठगेको खुलासा

nakkli-doctorकाठमाडौँ । पक्राउ परेका ३६ जना नक्कली चिकित्सकले उपचारका नाममा सर्वसाधारणसँग १६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ । अनुसन्धानका क्रममा खुलासा भएको १६ करोड ठगीको रकम पीडितका नाममा भराई नक्कली चिकित्सकहरूलाई ५/५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयसमक्ष अनुसन्धानको प्रस्तावित राय पठाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस र एमडी गरेर चिकित्सकको रूपमा काम गरेको संस्थाबाट प्राप्त आम्दानी विवरणका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगीको रकम खुलाएको हो । चिकित्सकका रूपमा काम गरेको संस्थाबाट लिएको मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या आदिका आधारमा ३६ जनाले सर्वसाधारणबाट १६ करोड रुपैयाँ ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।

‘उनीहरू कार्यरत संस्थाबाट लिने मासिक पारिश्रमिक, दैनिक जाँच्ने बिरामीको संख्या र शुल्क विवरणको आधारमा बिगो रकम निकालेका हौं,’ अनुसन्धानमा संलग्न ब्युरोका एक अधिकारीले भने, ‘३६ चिकित्सकबाट करिब १६ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।’ ब्युरो अधिकारीका अनुसार काठमाडौंका केही चिकित्सकको अनुसन्धान प्रस्तावित राय पठाउन बाँकी छ, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jul 1, 2016

प्रतिक्रिया दिनुहोस्