Logo
११ आश्विन २०७९, मंगलबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा नेपाली युवती भइन, ब्लत्कारको शिकार !


काठमाडौं । एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । 
आइतबार राति बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीय युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको आजको नेपाल समाचारपत्रमा समाचार छ । 
युवतीले बाटो अलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । 
 सोमबार बिहान करिब ३ बजे एक तलाउ किनारामा भेटिएकी युवतीलाई स्थानीयले उपचारार्थ विद्यानगर अस्पताल पुर्‍याएका थिए । 
प्रहरी समक्ष नेपाली युवतीले नाम थर ठेगाना खुलाउन चाहेकी छैनन् । उनी विगत ३ वर्ष देखि कलकत्तामा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्