पूर्वराजा लाई सुनसरीको इनरुवामा भब्य स्वागत ! हेर्नुस फोटो फिचर १९ जेष्ठ २०७३, बुधबार ००:०० सुनसरी । ‘राजा आऊ, देश बचाऊ’ भन्दै पूर्वराजाको भब्य स्वागत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीको सदरमुकाम इनरुवामा भब्य स्वागत भएको हो । पूर्वराजा माँ वैष्णव देवी मन्दिरमा बुधबार पूजा अर्चना गर्नुपुगेका छन् । केहि दिन देखि पूर्वराजा पूर्वाञ्चल भ्रमणमा रहेका छन् । राजाबादीको ठूलो घुइँचोका बीच मन्दिर दर्शन गर्न पुगेका पूर्वराजा शाहलाई समर्थकहरूले पञ्चेबाजासहित फुलमाला दिएर स्वागत गरेका थिए ।