Logo
११ बैशाख २०८१, मंगलबार
(June 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालमाथी मोर्चाका कार्यकर्ताहरुले गरे बारामा आक्रमण !


संजय तिवारी, बारा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रममा अवरोध गरेका छन । 
एमालेका स्थानीय नेता स्वर्गीय कृष्णा सिंहको १३औं पुण्यतिथिको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन बारा आएका नेता नेपाल धपाइएका हुन् ।
जिल्लाको पिपरारीमा आयोजित सो कार्यक्रममा बुधबार बिहान जान लाग्दा मोर्चाका कार्यकर्ताहरुले बाटोमा प्रदर्शन गर्ने जानकारी पाएपछि नेता नेपाल लुकेर पिपरारी पुगेका थिए ।
कार्यक्रम सकेर फर्किने बेलामा हुलाकी राजमार्गअन्तर्गत पर्सा भन्ने स्थानमा करिब दुई सयको हाराहारीमा कालोझण्डा तथा बाँसको फठ्ठासहित प्रदर्शन गरिरहेका मोर्चाका कार्यकर्तालाई देखेर बाटो परिवर्तन गरी भागेका थिए ।
मोर्चाका कार्यकर्ताहरुले केही दूरीसम्म नेता नेपाल चढेको गाडीलाई पछ्याउने प्रयास पनि गरेका थिए । यता, स्थानीय एमाले नेताहरुले नेता नेपालको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: Jun 1, 2016

प्रतिक्रिया दिनुहोस्