Logo
१३ बैशाख २०८१, बिहीबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुद्र शर्मा आचार्य, दोहा ।  दोहा स्थित यस सेवा समाजले खोटाङ जिल्ला टेम्मा गाबिसमा जन्मनु भएका परराष्ट्र मन्त्रालयमा लामो समय देखि कार्यरत उप-सचिब हरिश्चन्द्र घिमिरे नेपाल सरकारका तर्फबाट मन्त्रालयका विशेष कामको सिलसिलामा बहराइन हुँदै तिनदिने कतार भ्रमणमा रहेको सूचना पाए पछि खोटाङ सेवा समाज दोहा कतारले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न गरेको हो ।

उहाँ सग बिदेश स्थित कुटनैतिक नियोगमा लामो समय कार्य सम्पादन गरेको अनुभव रहेको छ । उहाले २०५२ साल बाट निजामती कर्मचारी तहबाट नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा कार्यरत रहि सेवा प्रदान गर्दै आउनु भएको हो ।

उहाले बर्मा, अमेरिका, साउदी अरब जस्ता देशमा नेपाल सरकारका तर्फबाट आफ्नो कार्य सम्पादन गरि कार्यकाल सफल बनाउनु भएको छ उहाले साउदी अरबमा उप-राजदूतको हैसियतमा समेत काम गरेको अनुभव छ गृह जिल्ला बासी भएको र नेपाल सरकारको परराष्ट्र मन्त्रालय जस्तो उच्च तहमा कार्यरत उहाँ कतार आएको सूचना पाए पछि खोटाङ सेवा समाजले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न छोटो समयमा तयार गरि उहाँ सग समय लिएको थियो समय अत्यन्तै छोटो रहेकोले उक्त कार्यक्रममा खोटाङ जिल्ला सस्थाका तर्फबाट मात्रै उपस्थिति रहेको थियो कार्यसमितिका पदाधिकारीहरु तथा प्रमुख सल्लाहकार सल्लाहकार समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

सस्थाका अध्यक्ष प्रकाश गुरुङ कार्यब्यस्तताका कारण उपस्थित हुन नसकेका हुनाले सस्थाका प्रथम उपाध्यक्ष तिला बहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी परराष्ट्र मन्त्रालयका उप-सचिब हरिश्चन्द्र घिमिरे, बिशेष अतिथि प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई, नेपाली दूतावास दोहा कतारका सहचारी रामबोल आचार्य अतिथिहरुमा सस्थाका सल्लाहकारहरु बिनेश तामाङ, चन्द्रसेर राई, भाइकाजि गुरुङ, तिर्थसङ्गम राई, अमृतकुमार राई, हुनुहुन्थ्यो सस्थाका महासचिव रुद्रप्रसाद आचार्यले संचालन गरेको कार्यक्रममा सस्थाका द्वितीय उपाध्यक्ष एकराज राईले स्वागत मन्तब्य राख्दै स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सस्थाका सदस्य जैबी राइले आफ्नो भनाइ राख्दै आफू साउदी अरबमा कार्यरत हुदा आफुले सस्थागत सहकार्य गर्ने क्रममा साउदी अरबको नेपाली दूतावासमा उप-राजदुतमा कार्यरत हरिश्चन्द्र घिमिरेलाई आफुले असल अभिभाबक पाएको स्मरण गर्दै दोहा कतारमा भेट्दा अत्यन्तै हर्षित भएको र बिगतका कुराहरु स्मरण गराएको बताउदै केही महिना पछि खोटाङ सेवा समाज कतारले खोटाङ जिल्लामा एम्बुलेन्स संचालनमा ल्याउन अभियान संचालन गरि रहेको र सरकारि प्रक्रिया पूरा गर्न सहयोग गर्न फेरि एकपटक अभिभाबकको भुमिका खेल्न आग्रह गरेका थिए ।
त्यसै गरि क्रमश सस्थाका सचिब कैलाश श्रेष्ठले मन्तव्य सल्लाहकार तिर्थसङ्गम राइले कविता बाचन गरे भने सल्लाहकार तथा एनआरएनए एनसिसि कतारका अध्यक्ष बिनेश तामाङ सल्लाहकारहरु चन्द्रसेर राई, अमृतकुमार राई, भाइकाजी गुरुङ, प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराईले आ-आफ्नो मन्तब्य राख्दै खोटाङ सेवा समाज कतारको इतिहासिक उदय उदेश्य माथी प्रकाश पार्दै विशिष्ट ब्यक्ति तथा अभिभावक सग कतारमा अन्तरक्रिया कार्यक्रम गर्न पाउनु र आफू खोटाङ जिल्लाबासी हुनुमा गौरव महसुस गरेको भनाइ राख्दै एम्बुलेन्स अभियान संचालन गर्न सरकारी सहयोग तथा जिल्लामा बिकाश गर्न भुमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए ।
प्रमुख अतिथी तथा परराष्ट्र मन्त्रालय उप-सचीव हरिश्चन्द्र घिमिरेले आफ्नो भनाइ राख्नु हुँदै बहराइन र कतारको भ्रमण मन्त्रालय अन्तरगत सरकारी भएको र खोटाङ सेवा समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको आफुले सुन्दै आएको र दोहा कतारमा आफ्नो कार्य ब्यस्तताको बाबजुद जिल्ला बासी सस्थाका साथिहरु सग भेट्ने आफ्नो चाहना रहेको आफ्नो अत्यन्तै छोटो समय निकालेर खोटाङ सेवा समाजलाई समय दिन उपस्थित हुन पाएकोमा र आफू पनि खोटाङ जिल्लामा जन्मेर  सरकारी सेवामा कार्यरत रहेको जिल्लामा आफ्नो जग्गा जमिन अझै रहेकोले बेला बेला जन्मेको गाउको मायाले गर्दा जिल्ला जाने गरेको दोहा कतारमा कार्यरत खोटाङ बासी दाजुभाइ सग भेटेर अन्तरक्रिया गर्दा अझै आफुलाइ जिल्ला तर्फ आकर्षित गरेको सस्थालाइ आफुले सक्ने सबैखाले सहयोग गर्ने र जिल्लाको बिकाशका निमित्त आफ्नो तर्फबाट सक्ने पहल गरिरहेको जिल्लामा बिकाश पुर्याउन सबैभन्दा पहिले सडक स्तरोन्नति गर्नु पर्ने आफुले देखेकोले त्यस तर्फ आफुले सक्ने पहल गर्दै आइ रहेको भनाइ राख्नु हुँदै कार्यक्रम आयोजना गरिएकोमा सस्थालाइ धन्यवाद दिनु भएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापतित्व गरि रहनु भएका प्रथम उपाध्यक्ष तिला बहादुर खत्रीले आफ्नो भनाइ राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्