Logo
१३ बैशाख २०८१, बिहीबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षातको सुरुवातसँगै संखुवासभाको सडक खहरेमा परिणत

योगेन्द्र योगी, संखुवासभा । वर्षातको सुरुवातसँगै पूर्वी पहाडी जिल्ला संखुवासभाको सडक खहरेमा परिणत हुन थाल्छन् । १२ महिनामा ६ महिना पनि राम्ररी गाडी गुड्न नसक्ने यहाँका सडकले जनतालाई सुविधा भन्दा सास्ती दिइरहेका खांदबारी नगरपालिका ढुंगेधाराकी उमा विक बताउछिन ।

वर्षायाम सुरु भएपछि हिलाम्ये हुने सडकमा सुख्खायाममा गाडी गुड्दा यात्रुलाई धुलोले विरुपै बनाउने गरेको छ । कोशी पहाडी राजमार्गको सिधुँवादेखि चैनपुर हुँदै खाँदबारीसम्म आउने सडकको दुदर्शाले यात्रुले ठूलै सास्ती भोग्पनुरेको छ । धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक डिभिजन कार्यालयले हरेक वर्ष सडक मर्मतका लागि लाखौं खर्च गर्ने गरेको छ ।

प्रभावकारी अनुगमन नहुँदा मर्मत गरे पनि नटिक्ने गुरुङको भनाइ छ । “मर्मत हुन्छ, कोही हेर्न आउँदैनन्, वैशाखबाटै सडक हिलाम्मे भएर यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ,” मामलिङका भक्तबहादुर गुरुङले भने, “सडक डिभिजनले करोडौंको मर्मत गरे पनि बालुवामा पानी हाल्नेजस्तै मात्र भएको छ।” वसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ ।

करोडौं खर्च गरेर मर्मत गरिए पनि एक महिना नटिक्ने उनले बताए । हिलेसम्म पुग्न कम्तीमा ४(५ ठाउँमा उत्रिनुपर्ने र सामान हराउने समस्या उत्तिकै रहेको स्थानीयवासीको भनाइ छ । कोशी राजमार्गअन्तर्गत संखुवासभा जोड्ने मुख्य सडक निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको हो ।

एसियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किलोमिटर सडकको कालोपत्रे पानीले बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो । पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेकाले पैदल हिंड्नसमेत गाह्रो हुने गरेको गुरुङको भनाइ छ ।

सुनसरीको धरानबाट १ सय ४२ किलोमिटर सडकमध्ये ६० किलोमिटर सडकको ठाउँ–ठाउँमा ठूल्ठूला खाल्टा परेकाले दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समस्या हुँदै आएको चैनपुरका बासिन्दाहरू बताउँछन् ।

कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै उक्त सडकको नामोनिसान मेटिएको थियो । कम गुणस्तरको कालोपत्रे गरिएका कारण सडक यस्तो हविगतमा पुगेको स्थानीय बासिन्दाको अनुभव छ ।

कालोपत्रे गरेको भनिएको सडकका ठाउँ–ठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् । ६ वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रुपैयाँको लगानीमा सडक कालोपत्रे भएको थियो ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्