Logo
१३ बैशाख २०८१, बिहीबार
(June 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोष्टरमा नाङ्गो फोटो भएको ‘छेस्को’ फिल्मको शुक्रबारदेखि देशभर प्रदर्शन

काठमाडौँ । माथी पोष्टरमा नाङ्गो कलाकार भएको नेपाली चलचित्र ‘छेस्को’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ ।  यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका छन् । 
सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिएका छन् । नायिका पनेरुले खेलेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआइकनै विवादमा आएकाले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले ‘पास’ गर्न समय खर्चिएको थियो । 
चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठ यो चलचित्रलाई पूर्ण पारिवारिक भएको बताउँदै भने, “यो मनोरञ्जनात्मक पूर्ण पारिवारिक कथा बोकेको चलचित्र हो । बाबु–आमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने यसले सन्देश दिन्छ ।” उनको कथन थियो, “छेस्को सानो सिन्को भएपनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुन्छ । चलचित्र हेरेपछि तपाईंले यही महसुस गर्छन् ।”
शुक्रबार एउटा मात्र चलचित्र चल्ने र कोही प्रतिस्पर्धामा नहुने भएकाले पनि निर्माण पक्ष उत्साहित भएको बताइएको छ । साथै यसबाट उठेको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई सहयोग गरिने नायक श्रेष्ठले जानकारी दिए । चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी, रवीन वैद्यलगायत कलाकारको समेत अभिनय छ ।

प्रकाशित मिति: Jun 2, 2016

प्रतिक्रिया दिनुहोस्