Logo
११ बैशाख २०८१, मंगलबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्तो चोर ! दिसा गर्दा पनि सुन नै बरामद हुने !!

काठमाडौं । दिसा गरेपछि नै सुन निस्केपछि त्यो प्राणी कस्तो होला । तर आश्चर्य नमान्नुस यस्तै खबर छ, सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ ।
खाँदबारीको शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९  का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो । 
चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो । खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री,  दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।
बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो । संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतम कुमार केसीले भने, ‘उजुरी लगत्तै हामी चोर पक्राउ गर्न सफल भयौँ । अनुसन्धान सकारात्मक देखिएको छ ।’ प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङ हिलबाट दुईजनालाई पक्राउ गरेपछि फरार दुई जना खराङबाट पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये काजनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको अनुसन्धानबाट खुलेको हो । बजार र भिडभाडमा सुन लुट्ने योजना बनाएर इटहरीबाट को१ज २६५७ नम्बरको रातो रंगको गाडी लिएर यो गिरोह खाँदबारी पुगेको थियो । 

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्