Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार वीरेन्द्र केएमको विचारः त्यो ‘ढलसरी’ मधेस र यो ‘गंगासरी’ मधेस

मधेशी पत्रकारहरु मध्ये अलगै पहिचान मानिएको छ, पत्रकार वीरेन्द्र केएमको, उनी कुनैपनि कुरा निर्धक लेखिने मध्ये एक हुन, उनै पत्रकार केएमले रातोपाटीमा लेखेका छुटै धारको तर यर्थात अनि नयाँ विषय मुलक लेख जस्ताको त्यस्तै:
वीरेन्द्र केएम
कुनै बेला राज्य सत्ताको नजरमा मधेस अपवित्र नै थियो । त्यहाँका बासिन्दाको त कुरै नगरौं । अहिले समय फेरिएको छ । मधेस यति बेला ‘ढलसरी’ होइन बरु ‘गंगासरी’ बन्न पुगेको छ । ढलसरी यो अर्थमा पनि भनिएको हो कि मधेसमा बस्ने खास गरी मधेसी परिवेश भएका यही देशका जनतालाई हेपिन्थ्यो, गनिदैन थियो । तर, अहिले धेरै हदसमम समय फेरिएको छ । अब त्यो समय छैन । अहिले मधेस ‘ढलसरी’ अपवित्र होइन, बरु ‘गंगासरी’ पवित्र बन्न पुगेको छ । सबैको टार्गेट यति बेला मधेस नै बन्न पुगेको छ ।
त्यहाँ बस्ने मधेसी जनताको अधिकार आदि कुरा आफनो ठाउँमा होलान् । मधेसलाई ‘इग्नोर’ गर्ने हिम्मत भने कसैले गर्न सकिरहेका छैनन् । मधेसका नाममा उत्रिनेहरूको भित्री उद्देश्य जेसुकै होस् तर यस ‘गंगासरी’ मधेसमा ‘डुब्की’ लगाउने प्रयास यति बेला जोसुकैको हुन पुगेको छ ।
त्यसो त बत्तीमुनि नै अँध्यारो हुन्छ, यो वास्तविकता नै हो । ठीक यस्तै बेला मधेसका विशुद्ध जनता भने अँध्यारोमै छन् । सिंगो मधेस भने उज्यालोतर्फ जाने ‘भ¥याङ’ अवश्य सिद्ध भइरहेको छ । कुनै बेला गजेन्द्रनारायण सिंह आए मधेसका नाममा उनी, स्थापित भए । यो पनि सत्य नै हो कि उनले सिंगो मधेसलाई नै चिनाउनेदेखि स्थापित गर्नेसम्मको कार्य गरे । यो सत्यलाई पनि अस्वीकार गर्न सकिन्नँ कि मधेसका नाममा उनी स्वंय पनि स्थापित भए । खैर उनले मधेसलाई चिनाउने कार्य नै गरेका कारण उनको व्यक्तिगत नकारात्मक कुरा गर्नु अन्याय नै होला । त्यसपछि धेरै व्यक्ति, समूह, संगठन, पार्टी आए जो मधेसलाई ‘भ¥याङ’ बनाएर स्थापित भए । कतिपय अझै प्रयासरत छन् ।
संविधानसभाको पहिलो चुनावबाट इतिहासमै पहिलोपटक सबैभन्दा धेरै मधेसी अनुहार चुनिएर आए । देशको पहिलो राष्ट्रपति, उपराष्ट्रपति, निर्वाचन आयुक्तदेखि सिंगो सिंहदरबारमा नै मधेसी अनुहारका जनप्रतिनिधिले स्थान पाए । उपेन्द्र यादव, महन्थ ठाकुर, विजयकुमार गच्छदार, शरतसिंह भण्डारीजस्ता नेता गैरमधेसी पार्टी भन्दै, त्याग्दै, आफूलाई मधेसीको रूपमा प्रस्तुत गर्दै स्थापित गराए । कयौं लेखक, पत्रकार, वकिल, अधिकारकर्मीसम्म मधेसकै नाममा स्थापित भए । तर, तीे बत्तीमुनिको अँध्यारो अर्थात् मधेसको ग्राउन्डमा भने खासै प्रभावकारी ढंगबाट फेरिएको छैन, अवस्था धेरै हदसम्म उस्तै छ ।
पछिल्लोपटक नयाँ पार्टी बनाउने अभियानमा रहेका डा.बाबुराम भट्टराईको पनि मूल टार्गेट नै यति बेला मधेस बन्न पुगेको छ । मधेसमा झन् घोतीकुर्ता लगाएर जानु अनि निकै ठूला–ठूला सैद्धान्तिक कुरा मधेसको नाममा गर्नु उनको विशेषता हुन पुगेको छ । डा. सिके राउतदेखि पछिल्लोपटक ‘प्रोजेक्टेड’ भनिएका इसान अधिकारीजस्ता नामहरू प्नि आफूलाई मधेसीको हितेसी भन्न रुचाउन थालेका छन् ।
के गणतन्त्रवादी, के राजतन्त्रवादी, के लोकतन्त्रवादी अनि के राष्ट्रवादी साथै के दक्षिणवादी र के उत्तरवादीसम्म समेत यति बेला मधेसबारे विशेष टार्गेट नै बनाउन थालिएका छन् । त्यसो त कुनै समस्यालाई पूर्णरूपमा समाधान नगर्नुको अर्को कारण पनि हुन्छ, त्यही समस्याका नाममा अझै पनि आप्mना गतिविधिलाई निरन्तरता दिन र ठीक यति बेला मधेसको हालत पनि उस्तै–उस्तै देखिएको छ ।
ओली सरकारको ‘पपुलिसट’ भनिएको नयाँ बजेट प्रस्तुतिसमेत यसपटक तराई/मधेस केन्द्रित नै छ । र, इतिहासमा सायद यसपटक नै पहिलो होला कि सिंगो बजेट भाषणमा तराई/मधेसको उच्चारण धेरैपटक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सविधानसभामा बजेट प्रस्तुत गरिरहँदा र पटक÷पटक तराई मधेसको नाम उच्चाराण गरिरहँदा, टेलिभिजनमा लाइभ हेरिरहेका तराई÷मधेसका बासिन्दाले मनमनै गौरवान्वित अवश्य पनि महसुस गरिरहेका थिए । सिंगो देशकै मन्त्रीले बजेट भाषण गरिसकेपछि मधेसलाई लाभ ने नहोला भन्नै छैन । यद्यपि, मधेस विरोधी भनिएको ओली सरकार पनि मधेसप्रति निकै उदार भएको बजेट भाषणले स्पष्ट पारेको छ ।
त्यसो त मधेस र मधेसी समुदाय÷परिवेशका जनता फरक÷फरक कुरा हुन् । यद्यपि, मधेसी जनतालाई अझै पनि पूर्णरूपमा व्यावहारिक रूपले नस्वीकारे पनि मधेसलाई पूर्णरूपमा अस्वीकार गरेको छैन । यति बेला मधेस भने पवित्र ‘गंगासरी’ भएको छ । जसरी हिन्दु रीतिरिवाजमा गंगा नदीको पानीलाई पवित्र जल भनिएको छ । त्यहाँको पानीमा नुहाएपछि पवित्र गंगा स्नान भनिन्छ, ठीक त्यसैगरी यति बेला मधेस गंगासरी बन्न पुगेको छ ।
मधेसमा कमसेकम एक डुब्की भए पनि जोकोहीले लगाउने इच्छा राखेको पाइन्छ । चाहे त्यो स्वार्थका कारण होस् वा निःस्वार्थ भावले । त्यसकारण पनि यसलाई सकारात्मक नै मानिनुपर्छ । मधेस जो हिजोसम्म अपवित्र ‘ढलसरी’ थिया,े त्यो आज पवित्र ‘गंगासरी’ मधेस बन्न पुगेको छ । अमेरिकामा राम्रा भनिएका वैज्ञानिकसम्मका जागिर छोडेर यही मधेसमा आई मधेसी बन्नेहरू पनि यहाँ छन् भने क्यानडाबाट आई ‘भिसा’ लाई दाउमा लगाई–लगाई मधेसीका लागि हितैसी बन्ने प्रयास पनि यहीँ भएको छ ।
उता संयुक्त राष्ट्रसंघदेखि विश्वका शक्तिशाली राष्ट्रहरूले बेला–बेलामा आप्mना धारणाहरू सार्वजनिक गर्दै, मधेसमा कैयौं पटक डुब्की लगाउने प्रयास पनि गरिसकेका छन् । छिमेकी मुलुक भारत र चीनको कुरा त झन् भनिराख्नु नै पर्दैन । यी दुई छिमेकी मुलुकले पनि मधेसका नाममा धेरैपटक मधेसमा डुब्की लगाएका छन् कि यस देशका बच्चा–बच्चा उक्त ‘गंगास्नान’बाट चिरपचित भइसकेका छन् । 
त्यसैले पनि मधेसमा गंगा स्नान हुने कार्य मात्र नहोस्, मधेसलाई मात्र भ¥याङ नबनाइयोस् । र, उहीले ‘ढलसरी अपवित्र’ तर अहिले ‘गंगासरी पवित्र’ बनेको मधेसका जनताको समस्या, माग र उनीहरूले पाउनुपर्ने अधिकारबारे पनि सबैले पहल होस् । यही नै एउटा मधेसीको आग्रह हुन सक्छ । त्यसो त मधेसीको अधिकारचाहिँ के त रु उनीहरूलाई के पुगेको छैन रु उक्त कुरा कैयौं महानुभाव, कैयौं पार्टी, शक्ति, समूहहरूले बताइसकेका छन् । यति बेलासमेत आन्दोलनरत मधेसी÷जनजाति दलको माग पत्रमा समेत विभिन्न माग प्रस्तुत भइसेका छन् ।

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्