Logo
११ बैशाख २०८१, मंगलबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकारकर्मी गणेश मण्डलको बिचारः समाबेशी नेपाल बनाउने महानअवसर

मधेशी नागरिक समाजका अध्यक्ष गणेश मण्डल खासगरी अधिकारकर्मी क्षेत्रमा एउटा छुटै पहिचान बनाएका मधेशी अधिकारकर्मी हुन । भारतबाट उच्च शिक्षा हासिल गरेका सप्तरी जिल्ला निवासी मण्डलले फेसबुकमा लेखेको विचार जस्ताको त्यस्तै :
गणेश मण्डल
संबिधान जारी भए देखि मधेश आन्दोलनका कारण देशको राजनीतिक एक गम्भीर मोडमा उभिएको छ  । मधेशको समस्या समाधान बिना देशमा शान्ति, अमनचयन , स्थायित्व र बिकासको बाटो मा मुलुक जानसक्ने कुनै सम्भावना हामी देखिराखेका छैन । 
यस अवस्थामा सबै किसिमको समस्याको समाधान र रास्ट्रिय एकता साझा नेपाल सबैको नेपाल बनाउनको लागि देशका सबै समुदाईको साझा शासन यानी रास्ट्रिय सहमतिको सरकार आजको आवस्यकता हो  ।  अहिले देशको समस्या मधेशी र जनजाति को आखामा खस समुदाई हो आम बुझाइ रहेको छ्र । 
यो बुझाई र समस्यालाई समाधानको लागि तीनै समुदाई (खस , मधेशी र जनजाति) केही समयको लागि मिलेर देश संचालन गरेमा हुन्छ  । लोकतान्त्रिक व्यवस्था अनुसार देश संचालनका लागि न्यायपालिका , व्यबस्थापिका र कार्यपालिका तीनै अंग महत्वपूर्ण हुन्छ । 
संयोगले नेपालमा समुदाई पनि तीनवटा नै रहेको छ जसमा जनजाति समुदाई बाट व्यबस्थापिका प्रमुख यानी सभामुख हुनुहुन्छ । खस समुदाई बाट न्यायपालिका प्रमुख प्रधानन्याधिस हुनुहुन्छ बाकीं रह्यो । मधेशी समुदाई जुन समुदाई ले सधै यो देशमा करदाता र मतदाताको रुपमा रह्यो । 
जसको कारण पछाडी एबम विभेदमा परियो । आज त्यही समुदाई आफू विभेद बाट मुक्ति खोजिरहेको छ  । यस अवस्थामा अब बन्ने सरकारको प्रमुख यानी कार्यपालिका को प्रमुख प्रधानमन्त्री मधेशी मूलका मानिसलाई बनाएर जानु समस्याको समाधानका अचुक उपाई हो । 
यो बन्ने कसरी ? अहिले देशको सबै भन्दा ठुला दल नेपाली कांग्रेस भएकोले त्यसैको नेतृत्वमा सहमतिको सरकार बनाउने र कांग्रेसले प्रधानमन्त्रीमा पुर्वमाहामन्त्री बिमलेन्द्र निधीलाई अगाडी सारेर सहमति गराउने काम गरियो । 
देशमा मधेशी प्रधानमन्त्री, जनजाति सभामुख र खस समुदाई बाट प्रधानन्यायाधीश हुन्छ । अनि नेपाल सही रुपमा समाबेशी नेपाल बन्छ सबैको अपनत्वको नेपाल हुन्छ  । समाबेशी नेपाल निर्माणको यो महानअवसर लाई सदुपयोग गरेर समस्याको नेपाललाई समाधानको नेपाल बनाउन सबैमा मेरो हार्दिक अनुरोध छ ।
मधेश को समस्या अपनत्व र प्रतिनिधित्वको समस्या हो समाधान पनि अपनत्व र प्रतिनिधित्वबाटै हुन्छ । 

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्