Logo
६ बैशाख २०८१, बिहीबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनीषाको मृत्युको रिर्पोट: तर के हो, झुट खोतल्दै पोलिग्राफ मेसिन

काठमाडौं । फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरियो । चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो । जसले घटनाको अनुसन्धानलाई सहज बनायो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तर के हो पोलिग्राफ मेसिन  
कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ ।
दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ । प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो । 
त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए ।
‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ ।’

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्