बैंकक भ्रमणमा रहेका राजेन्द्र महतोमाथी एक महिलाले लगाइन गभ्भिर आरोप !
काठमाडौं । यतिबेला बैंकक भ्रमणमा रहेका सदभावना अध्यक्ष राजेन्द्र महतोमाथी एक महिलाले बिज्ञप्ती जारी गरेर गभ्भिर आरोप लगाएकी छन ।
पछिल्लो पटक नयाँ कार्यसमितिबाट राजेन्द्र महतोले संजाय साहलाई आउट गरेपछि महतो बिरुद्ध बिज्ञप्ती जारी भएको हो ।
जनकपुर बमकाण्डको अभियोगमा हिरासतमा रहेका निलम्बित सांसद सञ्जय साहकी श्रीमती रंगिलादेबी साहले महतोको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएकी छन् ।
उनले आइतबार एक विज्ञप्ती जारी गर्दै मधेशी जनताको समान हकको संघर्षलाई महतोले स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएकी छन् ।
महतोकै बेइमानीले गर्दा मधेस आन्दोलन सफल हुन नसकेको भन्दै उनले महतो लास माथी राजनैती गर्ने प्रतिस्पर्धामा लागेको आरोप लगाएकी छन् ।
उनले महतोकै छलफलपटमा सञ्जय शाहलाई फसाउने काम भएको समेत दाबी गरेकी छन् ।