Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले मुख खोले !

चितवन । चितवनको दक्षिण माडीमा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले उचित न्याय दिन माग गरेका छन् ।
बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गरे ।
न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् । सो घटना भएको आज ११ वर्ष पूरा भएको छ ।
विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।
अहिलेसम्म घाइतेमध्ये थप चार जनाको मृत्यु भएको छ भने चार जनाले नियमित रुपमा मानसिक औषधि खाइरहेका छन् । 
अन्य घाइतेको अवस्थासमेत सामान्य हुन नसकेको घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार घटनामा टाउकोमा चोट लागेका घाइते गङ्गाबहादुर गुरुङको दुई वर्षपछि मृत्यु भएको थियो । 
त्यस्तै चुनु केसीको चार वर्षपछि, नरहरि सापकोटाको डेढ वर्षपछि र नारायणदत्त पौडेलको तीन वर्षपछि निधन भएको थियो ।
गएको फागुनमा सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उनीहरुसँग गरेको छलफलसमेत प्रभावकारी हुन नसकेको पीडितले बताएका छन् ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्