Logo
७ बैशाख २०८१, शुक्रबार
(June 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री शक्ति बहादुर बस्नेतले भने- ‘त्यस्तो हो भने राजीनामा दिन्छु’ !

काठमाडौं । गृहमन्त्री शक्ति बहादुर बस्नेतले आफू सिडीयो तथा उपसचिवहरुको सरुवाको निर्णयवाट पछि नहट्ने उद्धघोष गरेका छन् ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रम ‘धमलाको हमला’ को लागि पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीम मन्त्री बस्नेत उक्त कुराको खुलासा गरेका हुन् ।
उनले भने,‘मैले कानुनसम्मतः ढंगले सरुवा गरेको हुँ, यसमा विवाद गर्नु उचित छैन् ।’  गृहमन्त्री बस्नेतले यसरी प्रधानमन्त्री ओलीलाई ठाडै चुनौती दिएका हुन् ।
आफ्नो पार्टी राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले सकेसम्म सहमतिय सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नुपर्ने बताए । 
यद्धपी मुलुकको हित हुने कुरा भएकाले सहमतिको सरकार जसले गर्दापनि त्यसमा आफूलाई कुनै आपत्ति नरहेको उनको भनाई थियो ।
एमालेसँग बजेट पारित भएपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको दाबी गर्दै सहमति कार्यन्वयन गर्ने कुरामा एमाले पछि हटेकोमा उनले गुनासो पनि गरेका छन् । 
उनले भने,‘सहमतिबाट एमाले पछि हट्न मिल्दैन् ।’ आफूलाई गृहमन्त्रीबाट पार्टीले फिर्ता बोलाउने भनेर बजारीया हल्ला फिँजाईएकोप्रति मन्त्री बस्नेतले आक्रोश पोखे । 
उनले भने,‘म गृहमन्त्री माँगेर बनेकै होईन, र म कल्यिैपनि मन्त्री चाहियो भनेर माँग्ने मान्छे पनि होईन् ।’
आफू गृहमन्त्री भएपछि मुलुकको शान्ति सूरक्षा पूर्ण रुपमा सवल भएको दाबी गर्दै उनले भने,‘यतिवेला मुलुकमा शान्ति तथा अमन चयन कायम भएको छ, गुण्डागर्दी पूर्ण रुपमा बन्द छ, अवैध र अनैतिक काम गर्नेहरुलाई कानुनको दायरामा ल्याएको छु ।’
प्रहरीहरुको सरुवा तथा बढुवामा आफूले एक रुपैयाँ पनि पैसा लिएको प्रमाणित भए तत्काल पदबाट राजिनामा दिने उनले दाबी गरे । 
उनले भने,‘मैलै धेरैको सरुवा तथा बढुवा गरेको छु, सशस्त्रकै कुरा गर्नुहुन्छ भने कायम मुकायम आईजीपीलाई मैले नै आईजीपी बनाएको हुँ, यसमा मैले केही गलत गरेको छैन, मापदण्ड अनुसार नै मैले काम गरेको छु ।’
मन्त्री बस्नेतले छिट्टै राष्ट्रिय सूरक्षा नीति ल्याउन लागेको समेत जानकारी दिए । उनले अब आउने सूरक्षा नीतिले मुलुकको राष्ट्रियता, अखण्डता तथा सार्वभौमलाई मजबुद बनाउने काम गर्ने दाबी गरे । 
संविधान जारी भएपछिको संघीय गणतन्त्रात्मक राज्य व्यवस्थालाई मजबुद पार्न सूरक्षा नीतिको प्रमुख उद्देश्य हुने उनले स्पष्ट पारे ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्