Logo
५ जेष्ठ २०७९, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दर्जनौ महिलालाई बलात्कार गर्नेलाई फाँसीको सजाय

इरानको ऐतिहासिक सहर सिराजमा दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई आइतबार फाँसीको सजाय दिइएको छ ।
आमिन दि नाम गरिएको यस व्यक्तिलाई सन् २०१५ मा नै पक्राउ गरिएको थियो । प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए ।
प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए । प्रहरीकाअनुसार आमिन दुई बर्ष आगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए ।
आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ । ती दोस्रो व्यक्तिले एक महिलाको बलात्कार गरेका थिए ।
मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो ।
फाँसी दिइएका ती व्यक्तिहरुमा प्रायः लागू औषध ओसारपसारमा लागेकाहरु व्यक्तिहरु रहेका जनाइएको छ । तेहरान / एजेन्सी 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्