Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्धन्द्धकालीन मुद्धामा नेता पक्राउ पर्न थाले, नयाँ शक्तिको आपत्ति

काठमाडौं । द्धन्द्धकालीन मुद्धामा आफ्ना नेताहरुलाई पक्राउ गरिन थालिएको छ । तर तत्कालिन मुद्दामा पक्राउ गरेको भन्दै नयाँ शक्तिले आपत्ति जनाएको छ । प्रवत्ता खिमलाल देवकोटाले द्धन्द्धकालीन मुद्धामा सप्तरी जिल्लाका अन्तरिम जिल्ला संयोजक अरुण साह गिरफ्तार भएको विज्ञप्तीमा जनाएका छन् ।
यस्तो छ विज्ञप्ती :

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभा नजिकिँदै गर्दा देशैभरी भिन्न माहोल खडा भएको छ । नयाँ शक्ति नेपालप्रतिको जनताको वढ्दो आकर्षण र उर्लंदो जनलहरवाट आतंकित भै उक्त माहोललाई अवरुद्ध गर्न पुराना शक्तिहरु र पुराना शक्ति सम्मिलित गठवन्धन सरकार हात धोएर लागेका खवरहरु पनि प्राप्त भएका छन् । 

यसै क्रममा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा सप्तरी जिल्लाका अन्तरिम जिल्ला परिषद संयोजक अरुण साहलाई यही जेठ २३ गते गिरफ्तार गरिएको छ । उक्त घटनाले हामीलाई स्तव्ध वनाएको छ । गिरफ्तार गर्ने प्रहरीका अनुसार द्धन्दकालका मुद्दाको वाहाना वनाएको कुरा पनि वुझिन आएको छ ।

विगतको सशस्त्र द्धन्दका वखतका घटनाहरुको छानविनकालागि विस्तृत शान्ति सम्झौता वमोजिम गठित सत्य निरुपण तथा मेल मिलाप आयोग गठन भै सोही आयोगले छानविन गर्ने लगायतका आफना काम थालनी गरिसकेको अवस्था छ । विगतको सम्झौता, प्रचलित कानुन तथा राजनैतिक सहमति समेतका आधारमा द्वन्दकालीन मुद्दाहरु फिर्ता गर्ने र द्वन्दकालीन घटनाहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने तथा मेलमिलापको वातावरण तयार गर्ने राज्यको प्रतिवद्धता हो ।

राज्यकै उक्त घोषित प्रतिवद्धता विपरितको उक्त कार्य विल्कुल अमान्य छ । द्वन्दकालीन मुद्दाका आधारमा कसैलाई पनि गिरफ्तार गर्ने वा मुद्दा चलाउने वा कुनै पनि प्रकारका हर्कत गर्ने कार्यले शान्ति प्रकृया तार्किक निष्कर्षमा पनि पुग्दैन र समाजमा दिगो शान्ति पनि कायम हुन सक्दैन । तसर्थ गिरफ्तार गरिएका नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य तथा जिल्ला संयोजक अनिल साहलाई तुरून्त रिहा गर्न जोडदार माग गर्दछौ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्