Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवती लिएर राष्ट्रिय अनुसन्धानका कर्मचारी फरार

 

सुनसरी । सदरमुकाम इनरुवास्थित राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत कर्मचारी वीरेन्द्रकुमार उरावले नरसिंह गाविस वडा नम्बर ९ घर भएकी एक युवतीलाई लिएर फरार भएका छन । तर सिरहामा रहेको भिनाजुको घरमा बस्दै आएकी युवतीलाई उरावले घरबाट बाहिर आएको मौका छोपेर अपहरण गरेको परिवार र प्रहरीले जनाएको छ ।

असार १३ गते विवाहको मिति तय भएर विवाहको तयारीमा लागिरहेको अवस्थामा नरसिंह–९ कै सञ्जय साहको सहयोगमा उरावले युवतीलाई अपहरण गरेको परिवारको दाबी छ । इलाका प्रहरी कार्यालय लहानले अनुसन्धानका सुनसरी एसपी नरेन्द्र दाहालले युवतीलाई आफ्ना कर्मचारी उरावले लगेको भनेर जानकारी गराएको जनाएको छ ।

इप्रकाका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले पनि एसपी दाहालले आफ्नो कर्मचारीले युवतीलाई लगेको भनेर भनेको बताए। उराव र साहकै मिलेमतोमा अढाइ वर्षअगाडि युवतीका दाजु रुपेशको अपहरण भएको थियो र हालसम्म पनि रुपेशको अवस्था परिवारले जान्न सकेको छैन ।

सो घटनाको मुद्धा अहिले पनि अदालतमा छ। उनीहरुले युवतीको परिवारलाई मानसिक यातना दिने र सम्पत्ति कब्जा गर्ने नियतले युवतीको पनि अपहरण गरेको दाबी परिवारको छ । परिवारले उराव र साहलाई खोजी गरी कारबाही गर्न र युवतीलाई खोजी गरेर ल्यइदिन भन्दै जिल्ला प्रशासन कार्याल सुनसरीमा आइतबार उजुरी दिएका छन् ।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्