Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुरले माग्यो माफी, अम्बर गुरुङ भेन्टिलेटरमा, अवस्था स्थिर

काठमाण्डौ । राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ग्राण्डी अस्पतामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।
उनको बारे गलत समाचार लेखिन गएको भन्दै कान्तिपुरले क्षमायाचना गरेको छ । कान्तिपुरले भनेको छ ‘अम्बर गुरुङबारे यसअघि प्रकाशित समाचार सच्याइएको छ । यसअघि प्रकाशित समाचारमा उल्लेखित गलत जानकारीका कारण पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
यता गुरुङ एक साताअघि ग्राण्डी अस्पाल भर्ना भएका हुन् । खानेकुरा रक्तचाप पचाउन समस्या हुने, उच्च रक्तचापजस्ता समस्यापछि उनी अस्पताल भर्ना भएका हुन् ।

ग्राण्डी अस्पतालका प्रेस अधिकृत बिनोद अधिकारीले गुरुङबारे भ्रामक समाचार बाहिर आएकोमा दुःख व्यक्त गरे । दुई महिना भारतको मेदान्त अस्पतालमा नियमित उपचार गरेर गुरुङ चैतमा नेपाल फर्किएका थिए ।

वरिष्ठ संगीतकार अम्बर गुरुङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको उनका छोरा राजु गुरुङले बताएका छन् ।

राजुले उनको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए। ‘हिरतिर हल्ला चलिसकेछ तर उहाँको उपचार भइरहेको छु गुरुङले भने ‘ उहाँ जिउँदै हुनुहुन्छ, तर अवस्था भने चिन्ताजनक छ।

फोटो : अस्पतालमा अम्बर गुरुङका आफन्त

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्