Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबै खेलमा मध्यपश्चिम क्रिकेट विजयी

नेपालगंज । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा कोहलपुरमा जारी यू–१७ राष्ट्रिय टि–२० क्रिकेट लिगमा सोमबार भएको दुबै खेलमा मध्यपश्चिम क्रिकेट विजयी भएको छ ।

बिहान भएको पहिलो खेलमा स्याङ्जा युनाइटेड युवा क्लबलाई ७ विकेटले पराजित गर्दै बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको स्याङ्जाले निर्धारित १५ ओभर खेल्दै ६ विकेटको क्षतिमा ९० रन जोड्न सफल भएको थियो ।

९१ रनको झिनो लक्ष्य पछ्याएको मध्यपश्चिमले ९ ओभरमा ३ विकेटको क्षति पूरा ग¥यो । मध्यपश्चिमका ब्याट्सम्यान सामू स्याङ्जाका बलरहरु कमजोर देखिए । खेलका म्यान अफ दी म्याच मध्यपश्चिमका साहिद अन्सारी घोषित भएका छन् ।

यस्तै दोश्रो खेल पनि मध्यपश्चिम क्रिकेट क्लब जितेको छ । नेपाल स्टार क्लबलाई २२ रनले पराजित गर्दै मध्यपश्चिम बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको मध्यपश्चिमले निर्धारित १५ ओभर पूरै खेल्दै ३ विकेटको क्षतिमा १५४ रन बनाउन सफल भयो । जसमा प्रनित थापाले ४० र सामन्त शाहीले ३१ रन बनाए ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल स्टार पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १३१ रन बनाउन सफल भयो । जसका लागि बसन्त थापाले २६, यश हमाल र विशाल केसीले समान २५/२५ रन बनाएका थिए । खेलको म्यान अफ दी म्याच मध्यपश्चिमका प्रनित थापा घोषित भए ।

आज (मंगलबार) सेमिफाइनलका खेल हुने भएका छन् । न्यू राइजर र नेपाल स्टारबीच प्रतिस्पर्धा हुनेछ भने मध्यपश्चिम क्रिकेट क्लब र माछागढ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक मध्यपश्चिम क्रिकेट क्लबका सचिव केशव रानाले जानकारी दिए ।

प्रतियोगीतामा विजेता हुने टिमले नगद ५१ हजार र उपविजेताले २१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्