Logo
६ बैशाख २०८१, बिहीबार
(June 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरीको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो !


मेलम्ची । गत चैत पहिलो साता काठमाडौँबाट हराएका बा३५प ८१४८ र बा५१प ४१५६ नंका मोटरसाइकल मगलवार  सम्बन्धित धनीलाई बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई सवारी धनीहरु ललितपुर बालकुमारीका प्रेमकृष्ण महर्जन र काठमाडौँ मुलपानीका सुजन खड्कीले प्रहरी समक्ष मोटरसाइकलको काजगपत्र बुझाएपछि ती सवारी साधन हस्तान्तरण गरिएको हो ।
रातोपाटीमा उल्लेखित समाचार अनुसार काठमाडौँबाट हराएका ती मोटरसाइकल १५ दिन अघि इलाका प्रहरी कार्यालय मेलम्चीले फेला पारेको थियो । 
प्रहरीका अनुसार सवारी जाँच गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । मोटरसाइकल चालक भने सवारी दर्ता किताब लिएर आउँछु भन्दै फरार भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए । 

प्रकाशित मिति: Jun 7, 2016

प्रतिक्रिया दिनुहोस्