ईस्लामहरुको रमजान सुरु, एक महिने जारी रहने
काठमाडौं । पुर्वी नेपालमा बढि संख्यामा बसोबास रहेका मुीसलम समुदायको माहान पर्व रमजान सुरु भएको छ ।
मंगलबार देखि मुस्लिम समुदायको (रोजा) रमजान अर्थात एक महिना बसिने व्रत शुरु भएको हो ।
एक महिनासम्म सूर्योदय भए देखि सूर्यास्तसम्म अन्न र पानी केहि खान र पिउन हुँदैन ।
रोजा अर्थात रमजान ईस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये एउटा महत्वपुर्ण स्तम्भ हो । यो ईस्लामिक क्यलेण्डर अनुसार नवौं महिनामा पर्छ ।
पत्रकार अर्कना खातुनका अनुसार यो महिनामा भोकै मात्र बस्ने नभई धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ ।
जस्तैः झुटो बोल्नु हुँदैन, गरिबहरुलाई सक्दो दान दिनु पर्छ, नमाज पढ्नुसँगै सक्दो धेरै कुरान पढिन्छ आदि इत्यादि ।
रोजा गर्न सक्ने व्यक्ति सबैले अनिवार्य बस्नु पर्ने हुन्छ । यस पवित्र महिनामा आफ्नो मन र तन दुवै पवित्र राख्नु पर्दछ ।