मन्त्रिपरिषदको निर्णय: उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत, सचिवको सरुवा
बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।
यसैगरी सरकारले केही सचिवहरुको सरुवा पनि गरेको छ । मन्त्री पाण्डेका अनुसार विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिचाईंमा र सिचाईं सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले २०६२/६३ को जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । उप्रेतीको हाल थाइल्याण्डमा उपचार भइरहेको छ ।
उप्रेतीको उपचारका लागि सो रकम थाइल्याण्डस्थित राजदूतावासमा पठाउने मन्त्रिपरिषद बैठकपछि उद्योगमन्त्री पाण्डेले जानकारी दिए ।