Logo
७ बैशाख २०८१, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बन्दको असर जताततै, राजधानी कडा सुरक्षा घेरामा ! (फोटो फिचर-भिडियो सहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समुह माओबादीले आज गरेको नेपाल बन्दको असर देशभर परेको छ । 
राजधानीलाई कडा सुरक्षाघुरामा राखिएको छ ।

ठाउँ ठाउँमा छिटफुट मटरसाईकल चलेतापनि प्रहरीले चेकिङ्गलाई तिब्रता दिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना पक्राउ परेका कार्यकर्ताहरुलाई छुटाउन बन्द हड्तालको कार्यक्रम घोषणा गरेको हो ।

विभिन्न मुद्दामा आफ्ना कार्यकर्तालाई फसाउने काम गरेको भन्दै विप्लव माओवादीले आज जेठ २७ गते नेपाल बन्द गर्ने पनि घोषणा गरेका हुन् ।

झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यक्रताको विना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाएका छन् ।

हालसम्म झापा जिल्ला पार्टी सचिव क.बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई जेलमा हालिराखेको विश्वकर्माले जनाएका छन् ।

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्