Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत तमलोपाले महाधिवेशनमा प्रधानमन्त्री ओलीलाई बोलाउने !


काठमाडौ । प्रायसबै सरकारी कार्यक्रमहरुलाई बहिस्कार गर्दे आएका आन्दोलनरत पार्टीहरु मध्ये एक तमलोले प्रधानमन्त्री केपिशर्मा ओलीलाई महाधिवेशनमा बोलाउने भएको छ । 
महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको दावी गरिएको हो । 
प्रचार प्रसार समितिका संयोजक एवं तमलोपाका महामन्त्री जितेन्द्र सोनलका अनुसार महाधिवेशनमा अतिथिको रुपमा आउने देशी–विदेशीलाई निमन्त्रणा पनि पठाईसकेको छ ।
उनका अनुसार नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न पार्टीका अध्यक्षहरु, सांसद, पत्रकार, बुद्धिजिवी, व्यपारीलगायतलाई निमन्त्रणा गरिएको छ । 
हालसम्म दुई हजार निमन्त्रणा कार्ड वितरण भइसकेको छ । स्मरणरहोस, मधेशी मोर्चा आवद्ध राजनीतिक दलहरु यस अघि नेपाली काग्रेसको माहाधिवेशनलाई समेत बहिस्कार गरेको थियो । 
नवलपरासीको रामग्राममा असार ६ गतेदेखि ८ गतेसम्म हुने महाधिवेशनका लागि भारत, अमेरिका, चीन, म्यानमार, श्रीलंका, युरोपियन देशलगायतका प्रतिनिधिलाई निमन्त्रणा पठाइएको संयोजक सोनलले जानकारी दिए । 

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्