Logo
८ बैशाख २०८१, शनिबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुर्मुश सुन्तली पुनर्निर्माण अभियानलाई क्यालिफोर्नियाबाट पनि सहयोग

क्यालिफोर्निया  । धुर्मुश सुन्तली पुनर्निर्माण अभियानलाई क्यालिफोर्नियाबाट पनि सहयोग जुट्ने भएको छ। 
धुर्मुश सुन्तली नेपाली कला क्षेत्रमा एक उल्लेखनिय नाम हो। गत बर्ष गएको बिनासकारी भुकम्प पस्चात धुर्मुश सुनत्लिले पुनर्निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसन् मार्फत आफ्नो बिशाल हृदयको प्रमाण दिँदै समाज सेवाको आकाशमा समेत उज्यालो तारा झैँ चम्कन पुगेका छन।
प्रधानमन्त्री विपद् उद्दार कोषमा जम्मा भएको पैसा पिडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणको लागि देश बिदेशबाट रकमहरु संकलन हुने क्रम जारी छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका स्थित गिरान्चौरमा झन्डै ४ करोड रुपैयाँको लागतमा बन्न लागेको सामुहिक आवस परीयोजनाको लागि बिभिन्न कलाकार, ब्यबशायीहरुले समेत रकम जुटाएर यो पवित्र कार्यको लागि सहभागीता जुटाइरहेका छन।
यसै परिप्रेक्षमा क्यालिफोर्नियाको पेटेलुमा स्थित श्री इन्डियन कुजन रेस्टुराँ सो फाउन्डेसनको लागि रकम जुटाउन एक साङ्गेतिक रमझमको आयोजना गरेको छ। बे एरियाकी चेलीको रुपमा स्नेह प्राप्त गरेकी चर्चित पप गाइका नलिना चित्रकारले सो समयमा आफ्ना साङेतिक कोशेलीहरु पस्किने छीन्। सत प्रतिसत मुनाफा धुर्मुस सुन्तली पुनर्निर्माण परीयोजनामा जाने सो कार्यक्रमको लागि स्वादिष्ट नेपाली खाना र मनोरन्जन को लागि २५ डलर मात्र राखिएको छ।
होनहार नेपाली युवा द्वय कमल कंडेल र बिष्णु आचार्य द्वारा सन्चालित सो रेस्टुराँ स्ठानिय जनजिब्रोमा निकै चर्चित रहेको बताइन्छ। यसो त यि युवा व्यवशायीहरुले यसभन्दा अघी पनि आफ्नो बिशाल हृदयको परिचय दिईसकेका छन। हालसालै बरीष्ठ सिनेकर्मी सरोज खनाल मार्फत पीडित क्षेत्रमा पुर्याइने विश्वासका साथ एक हजार अमेरिकि डलर प्रदान गरी सकेका छन।
त्यसै गरी वाना एन ए जि सि सामुदायिक केन्द्रको लागि पनि केही टेवा होस् भनी २०० अमेरिकि डलर चन्दा प्रदान गरेर असल कार्यलाई आफूहरुले जहिले पनि साथ दिने साँकेतिक प्रतिवद्दता जनाएका छन। बिसुद्द व्यवशायिक दृष्‍टिले चलाइएको यो रेस्टुराँले उदार भावनाले गर्न लागेको यो कार्यक्रमलाई बे एरियाका जनमानसले उत्साहपूर्ण सहभागीता जनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको विवरण निम्न रहेको छ :
मिति जुन १४, २०१६
समय : बेलुका ७ देखी ११ बजे सम्म
स्थान श्री इन्डियन कुजिन रेस्टुराँ, पेटलुमा
220 Western Avenue, Petaluma CA 94952

प्रकाशित मिति: Jun 9, 2016

प्रतिक्रिया दिनुहोस्